ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छविलालको बयान, जीबी र रविले मेरो हस्ताक्षर किर्ते गरे


एबीसी न्यूज
२२ पुस २०८१, सोमबार   २ : १५   बजे

काठमाडौं २२ पुस । गोर्खा मिडिया प्रालिका सञ्चालक छविलाल जोशीले अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राई र प्रबन्ध निर्देशक रवि लामिछानेले कम्पनीका कागजात किर्ते गरेको आरोप लगाएका छन् ।

स्वर्णलक्ष्मी सहकारीमा भएको अपचलनको अनुसन्धानका क्रममा बयान दिँदै उनले आफू अमेरिका पुगेका बेलामा कम्पनीका अध्यक्ष राई र प्रबन्ध निर्देशक लामिछानेले आफ्नो हस्ताक्षर किर्ते गरेको दाबी गरेका हुन् ।

उनको बयानअनुसार, गोर्खा मिडियाको पूँजी ५ करोडबाट १२ करोड पुर्‍याउने क्रममा गोर्खा मिडियाका सञ्चालकूरुले नेपाल बैंकबाट ऋण लिन खोजेका थिए । नेपाल बैंकको न्यूरोडस्थित शाखाबाट ऋण दिन सञ्चालकहरू जोशी र लामिछानेका साथै राई समेत आवश्यक पर्ने भएपछि प्रक्रिया हटेको थियो ।

त्यसक्रममा आफ्नो शंखमूलको घर धितो राख्ने कुरा भएको तर आफूले असहमति जनाएको छविलालको दाबी छ । उनले आफूहरूको कुराकानी भन्दै बयानमा भनेका छन्, ‘जीबी राई र रवि लामिछानेले घर धितो नराखे पनि पूँजी बढाउने कामको प्रक्रिया अघि बढिसकेको हुनाले असहयोग नगरिदिनुहोस्, हालसम्म तपाईंको कुनै लगानी भएको छैन र पूँजी बढाउँदा पनि तपाईंको एक पैसा लगानी हुने छैन भनि अनुरोध गरेको ।’

उनले बयानमा सहकारीबाट गोरखा मिडियामा रकम ल्याउने क्रममा जीबी राई र रवि लामिछाने संलग्न हुन सक्ने बताएका छन् ।

आफू असहमत भएपछि कम्पनीमा आफ्नो नाममा भएको सेयर जीबी राईको नाममा सार्न सहमति जनाएको भन्दै उनले ३ कात्तिक २०७७ मा आफू अमेरिका गएको बताएका छन् । अमेरिकाबाट फर्केपछि जीबी राईले आफूलाई केही माइन्युट देखाएर छुटेको हस्ताक्षर गर्न लगाएको र त्यसक्रममा किर्ते सही भएको थाह पाएको उनको दाबी छ ।

बयानमा उनले भनेका छन्, ‘निर्णय माइन्युट लगायतका कागजातहरूमा मेरो किर्ते हस्ताक्षर गरी कम्पनीको प्रबन्ध पत्र संशोधन गर्ने र कम्पनीको उद्देश्यमा थप गर्ने निर्णय गरेको थाहापाइ निजहरूको गलत नियत बुझी मैले निजहरूसँग सहकार्य गर्न छाडेको हुँ ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu