ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिर्तामोडका पूर्व मेयर शिवाकोटी बलात्कार अभियोगमा कारागार चलान


एबीसी न्यूज
२२ पुस २०८१, सोमबार   ८ : १४   बजे

काठमाडौं २२ पुस । बलात्कारको अभियोगमा झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई कारागार चलान भएका छन्।

शिवाकोटीलाई सोमबार जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। अदालतको आदेशसँगै उनलाई कारागार लगिएको प्रहरीले जानकारी दिएको छ।

आफ्नै घरमा काम गर्ने १७ वर्षकी नाबालिक बलात्कारको आरोपमा शिवाकोटीलाई प्रहरीले मंसिर २४ गते पक्राउ गरेको थियो।

यसअघि स्वास्थ्यको कारण देखाउँदै अनुसन्धानका क्रममा प्रहरी हिरासतमा नबसी अस्पतालमा बसेका थिए। तर अदालतले सोमबार कारागारलाई नै स्वास्थ्य उपचारको व्यवस्था गर्न आदेश दिएको छ।

बालिकालाई शिवाकोटीले जबर्जस्ती करणी गरेको भन्दै घरछाडेर कलेज पोषाकमै भारततर्फ लागेकी थिइन्। तर उनलाई काँकडभिट्टा नाकामा संस्थाका कर्मचारीले रोकेका थिए।
बालिकाले घटनाबारे बताएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको थियो।

प्रहरीले शिवाकोटीलाई र बालिकाका परिवारलाई पनि प्रहरी कार्यालय बोलाएको थियो। बालिकाका आफन्त उपस्थित भएर जाहेरी दिएपछि शिवाकोटीलाई प्रहरीले त्यहीदिन हिरासतमा राखेको थियो।

शिवाकोटी २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोडको मेयरमा निर्वाचित भएका थिए। उनी मेयरमा निर्वाचित भएको एक महिना पनि नपुग्दै बालिकाको पालन पोषण गर्ने र पढ्ने व्यवस्था पनि मिलाइदिने शर्तमा घरमा राखेका थिए। बालिका उनकै घरमा बसेर काम गर्दै पढिरहेकी थिइन्। हाल उनी ल्याव टेक्निसियन पढिरहेकी थिइन्।

तर आफू कक्षा ८ मा पढ्दादेखि नै मेयर शिवाकोटीले पटक पटक बलात्कार गरेको आरोप पीडितको छ। श्रीमती घरबाहिर गएको बेला आफूलाई बलात्कार गर्ने गरेको आरोप पीडित बालिकाको छ।

शिवाकोटीले भने बालिकालाई छोरी मानेर सोही अनुसार व्यवहार गरेको दाबी गर्दै अदालतमा बयान दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group