काठमाडौं २३ पुस । इन्डो–नेपाल रनिङ शिल्ड भलिबलमा आज सेमिफाइनलका दुई खेल हुँदैछन् । पहिलो सेमिफाइनलमा बिहान ११ बजे समूह ‘ए’ को विजेता नेपाल पुलिस क्लब र समूह ‘बी’ को उपविजेता भारतको गुजरात स्टेट भलिबल एसोसिएशन खेल्दैछन् ।
यस्तै दोस्रो सेमिफाइनलमा दिउँसो १ बजे समूह ‘बी’ को विजेता त्रिभुवन आर्मी र समूह ‘ए’ को उपविजेता मणिमुकुन्द भलिबल क्लब खेल्ने छन् ।
गएको बुधवार शुरू भएको प्रतियोगिताको हिजो सेमिफाइनल समीकरण पूरा भएको थियो । यस्तै फाइनल खेल भोलि बुधवार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्