ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनार्दन र वर्षमान पक्षधरले मागे माओवादीमा विशेष महाधिवेशन


एबीसी न्यूज
२३ पुस २०८१, मंगलबार   ७ : ५९   बजे

काठमाडौं २३ पुस । नेकपा माओवादी केन्द्रमा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन पक्षधर नेताहरूले विशेष महाधिवेशन माग गरेका छन् । पार्टीको जारी केन्द्रीय समितिको बैठकमा सोमबार बोल्ने नेताहरू विशेष महाधिवेशनको विषयमा विभाजित भएर प्रस्तुत भएका हुन् ।

‘जनार्दन पक्षधर नेताहरूले अलि बढी विशेष महाधिवेशनको माग गरिराख्नुभएको थियो । त्यही बेला ओनसरी घर्तीले पनि विशेष महाधिवेशनको पक्षमा आफूलाई प्रस्तुत गर्नुभयो,’ एक केन्द्रीय सदस्यले जानकारी दिए ।

उनका अनुसार जनार्दन पक्षधर नेताहरूले गरम रूपमा विशेष महाधिवेशन माग गर्दा वर्षमान पक्षधर नेताहरूले अलिक नरम भएर विशेष महाधिवेशन माग गरेका छन् ।

तर, प्रचण्ड पक्षधर नेताहरूले भने विशेष महाधिवेशन माग गर्ने समय अहिले नरहेको भनेर काउन्टर जवाफ फर्काएका छन् ।

 

विशेष महाधिवेशनबारे एक नेताले भनेका थिए, ‘अहिले अंश खोज्ने बेला होइन । बाली भित्र्याउने बेला हो । पार्टीले प्राप्त गरेको सफलता जनतामा लैजाने बेला हो । यो बेला पार्टी अभियानमै जानुपर्छ । महाधिवेशनको समय अझै बाँकी छ ।’

आइतबार प्रचण्डले आफू नवौं महाधिवेशनबारे प्रष्ट रहेको भन्दै केन्द्रीय सदस्यहरूलाई दुई विकल्प दिएका थिए । पहिलो– अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समिति बनाएर जाने । दोस्रो – ६ महिना विभिन्न अभियान चलाएर त्यसपछि फेरि केन्द्रीय समितिको बैठक राखेर निर्णय गर्ने ।

प्रचण्डले भनेका थिए, ‘अहिले नै महाधिवेशन आयोजक समिति बनाएर जान पनि कुनै समस्या छैन । ६ महिना विभिन्न अभियान चलाऔं र जनतामा एक खालको ऊर्जा भरेर अगाडि बढौं भन्ने मेरो अर्को प्रस्ताव छ । यी दुई विषयमा यहाँहरूले प्रष्ट धारणा राख्नुहोला ।’

धारणा राख्ने क्रममा नेताहरू भने दुवै मतका पक्षमा देखिएका हुन् । ‘नेताहरू अभियान चलाउनुपर्ने र पार्टीको अभियान चलाउने समय भएको भनेर तत्काल महाधिवेशनबारे निणय नगर्ने दुवै पक्षमा प्रस्तुत भएका छन्,’ ती नेताले भने ।

माओवादी अध्यक्ष प्रचण्डले आइतबार केन्द्रीय समितिको बैठकमा ३० पेजको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसमाथि बोल्ने भनेर १८० जनाले नाम टिपाएका थिए । त्यसमध्ये सोमबार ८० जनाले धारणा राखेका थिए । मंगलबार बाँकीले राख्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu