ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गणेश तिमिल्सिनाको राजनितिक यात्रा : ओलीसंग जेल जीवन देखि टाउकोको मुल्य ५० हजारसम्म


admin
२९ फाल्गुन २०७४, मंगलबार   ३ : ४८   बजे

काठमाडौं, २९ फागुन । कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उमेद्वारी नदिएपछि एमालेबाट उमेद्वारी दिएका गणेश तिमिल्सिना निर्विरोध भएका छन् ।

तिमिल्सिनाले संसदमा सोमबार उम्मेदवारी दर्ता गरेका थिए। यद्यपि अध्यक्षमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भने बुधबार राष्ट्रियसभा बैठकले गर्नेछ ।

राष्ट्रियसभाको अध्यक्ष जस्तो गरिमामय पदमा पुग्ने गणेश तिमिल्सिना को हुन् त ? यस्तो छ उनको राजनितिक यात्रा-

गणेश तिमिल्सिनाको जन्म २०१८ जेठ १२ गते पर्वतको मोदीगाउँपालिका–७ मा भएको हो। उनले गाउँकै पशुपति उच्च माविबाट एसएलसीसम्मको अध्ययन पूरा गरेर पोखराको पृथ्वीनारायण क्यासम्पसबाट उच्च शिक्षासँगै अखिलमा आबद्ध भएर राजनीति सुरु गरेका थिए। २०३६ सालमा विद्यार्थी आन्दोलनबाटै उन राजनीतिमा सक्रिय भएका हन्।

२०३६ सालमा नेकपा मालेको रेडगार्डको सचिव भए भने २०४० सालमा तत्कालिन नेकपा मालेको सदस्यता लिएका थिए। २०३७ सालमा अनेरास्ववियुको क्षेत्रीय सम्मेलनबाट पश्चिमाञ्चल क्षेत्रीय समितिको सदस्यमा निवाचित तिमिल्सिना २०४१ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सचिव र २०४२ सालमा अनेरास्वबियुको आठौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको सदस्य बन्न सफल भए।

पञ्चायतविरोधी आन्दोलमा सहभागी भएको भन्दै २०४२ साल साउनमादेखि उनी चार वर्ष जेल परेका थिए । पक्राउपछि पोखरा जेलमा पुर्‍याइएका तिमिल्सिनालाई केपी ओलीले स्वागत गरेका थिए। उनी २०४२ साल साउनदेखि पुससम्म ओली र हितकाजी गुरुङसँग जेलमा सँगै बस्न पाएको क्षण मम्झिदा पुलकित हुन्छन्।

त्यसपछि उनलाई भैरहवा, तौलिहवा, बीरगञ्ज, भद्रगोल जेल र नख्खु जेलमा सारियो। जेलबाट छुटेपछि पर्वत जिल्लाको नेतृत्व गर्दै फेरि आन्दोलनमा लागेका तिमिल्सिनाको टाउकाको मूल्य ५० हजार तोकियो।

२०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रींय सदस्य भए उनी। दोस्रो बैठकबाट केन्द्रीय आयोजक समिति बनेका उनी केन्द्रीय सदस्य बन्दा प्रधानमन्त्री ओली अध्यक्ष थिए।

२०४९ को स्थानीय निर्वाचनमा पर्वतको राम्जादेउराली गाविसको अध्यक्षमा निर्वाचित तिमिल्सिना २०५४ सालको स्थानिय निर्वाचनमा पनि राम्जा देउराली गाविसको अध्यक्षमा निर्वाचित भए। त्यही वर्ष जिल्ला विकास समिति पर्वतको सभापतिमा जिम्मेवारी पाए।

२०४७ सालमै उनी नेकपा माले मुस्ताङको सचिव, २०४८ मा बागलुङका सचिव र २०५४ सालमा नेपालगञ्जमा भएको एमालेको छैटौ महाधिबेशनबाट वैकल्पिक केन्द्रीय सदस्य भएर धौलागिरी अञ्चल इन्चार्जको जिम्मेवारी पाए।

२०५९ सालमा जनकपुरमा सम्पन्न नेकपा एमालेको सातौ महाधिवेशनपछि केन्द्रीय सल्लाहकार समिति सदस्य र २०६५ मा बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए। एमालेको काठमाडौँमा भएको नवौँ महाधिवेशनपछि पुनः केन्द्रीय सदस्य हुँदै अहिले उनी एमाले पोलिटब्युरो सदस्य छन्।

दोस्रो संविधान सभाको निर्वाचन २०७० मा पर्वत क्षेत्र नम्बर १ मा पराजित भएका उनी अहिले प्रदेश न ४ को सहसंयोजक छन्। प्रदेश नं ४ बाट खुलाबाट उनी राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्।

सोमबार राष्ट्रियसभाको अध्यक्षका लागि तिमिल्सिनाको मात्र उम्मेदवारी परेपछि निर्विरोध अध्यक्षमा निर्वाचित हुने भएका छन् उनी। यसको औपचारिक घोषणा बुधबार हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group