ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन मन्त्रालय मातहत कानुन परिवर्तन गर्न मन्त्रीले लिए एमाले र कांग्रेसको सुझाव


एबीसी न्यूज
२४ पुस २०८१, बुधबार   ४ : ४२   बजे

काठमाडौं २४ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालय मातहत विभिन्न कानुनी परिवर्तन र निर्माणबारे नेपाली कांग्रेस र नेकपा एमालेका नेताबाट सुझाव लिएका छन् ।

मौजुदा नीति प्रभावकारी नभएको भन्दै उनले मन्त्रालय मातहत कानुन परिमार्जन, संशोधन र पुनर्निर्माणलाई तीव्रता दिएको पर्यटन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले पर्यटन नीतिको नयाँ मस्यौदालाई अन्तिम रूप दिने तयारी छ ।

बुधबार उनले सोही ऐनबारे छलफल आयोजना गरे । सोही क्रममा मन्त्री पाण्डेले शासकीय स्वरूप परिवर्तन भए पनि पुरानै कानुन भएका कारण मन्त्रालयका गतिविधि प्रभावकारी बन्न नसकेको बताए ।

छलफलमा नेकपा एमाले महासचिव शंकर पोखरेलले नीति बनाउँदा सैद्धान्तिक भन्दा पनि व्यावहारिक विषयमा ध्यान दिन सुझाव दिए । नेपालको भविष्य पर्यटन क्षेत्रमा नै रहेको भन्दै उनले जलवायु परिवर्तनका विषय ऐनमा समेट्न सुझाव दिए ।

 

कांग्रेस महामन्त्री गगन थापाले २०६५ सालको पुरानो ऐन प्रतिस्थापन गर्दै नयाँ बन्ने नीतिले सिमाङ्‍कनमा ध्यान दिनुपर्ने बताए । नीति बनाउँदा सम्बन्धित अन्तर मन्त्रालयबीच छलफल आवश्यक रहेको उनको भनाइ छ ।

पर्यटन क्षेत्रमा सरकारभन्दा बढी निजी क्षेत्र सक्रिय र जिम्मेवार बन्न आवश्यक रहेको उनको भनाइ छ ।

महामन्त्री थापाले पर्यटन क्षेत्र विकासका लागि कति पर्यटक भित्रिएभन्दा पनि उनीहरूले नेपालमा बस्दा कुन क्षेत्रमा कति लगानी गरे, खर्च गरे भन्ने कुरा महत्त्वपूर्ण हुने उनले बताए । उनले आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group