ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लघुवित्त तथा सहकारी पीडितको सडकमा धर्ना, वार्ता नभएसम्म नहट्ने अडान, सडकमै रात बिताए


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ५ : ०५   बजे

काठमाडौँ । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोग अगाडि लघुवित्त तथा सहकारी पीडितहरूले सडकमा सुतेर धर्ना दिएका छन्। आफ्ना माग सम्बोधन गर्न सरकार वार्तामा नआएसम्म आन्दोलनस्थलबाट नहट्ने अडान लिँदै उनीहरूले आयोगको गेटअगाडि नै रात बिताएका हुन्।

आन्दोलनरत पीडितहरूलाई सुरक्षित तथा व्यवस्थित स्थानमा बस्न आग्रह गर्दै काठमाडौँका डीएसपी र ललितपुरका एसएसपीसहितको सुरक्षा टोली घटनास्थलमा परिचालन गरिएको छ। सुरक्षाकर्मीले आन्दोलनरत पक्षसँग वार्ता गरी उनीहरूलाई सडकबाट हटाउने प्रयास गरिरहेको जनाइएको छ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको अगुवाइमा मधेसका विभिन्न जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर उनीहरू बिहीबार काठमाडौँको कलंकी आइपुगेका थिए। त्यसपछि शुक्रबार साँझ पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोग परिसरमा धर्ना सुरु गरेका हुन्।

लघुवित्त तथा सहकारी संस्थाबाट लिएको ऋण तिर्न नसक्दा आफूहरू आर्थिक तथा सामाजिक समस्यामा परेको भन्दै पीडितहरूले सरकारसँग तत्काल समाधान खोज्न माग गरेका छन्। उनीहरूले आफूहरूले जीवनयापनका लागि ऋण लिएको तर बढ्दो आर्थिक भारका कारण ऋण तिर्न नसक्ने अवस्थामा पुगेको बताएका छन्।

आन्दोलनरत पक्षले सरकारको तर्फबाट औपचारिक रूपमा वार्ताका लागि प्रतिनिधि नआएसम्म धर्ना नछाड्ने जनाएको छ। उनीहरूले ऋण तथा असुली प्रक्रियासँग जोडिएका समस्या समाधान, पीडितको अवस्था सम्बोधन र राहतका लागि सरकार गम्भीर बन्नुपर्ने माग गरेका छन्।

लघुवित्त तथा सहकारी क्षेत्रका पीडितहरू लामो समयदेखि ऋण असुली, ब्याज, कालोसूची तथा धितोसम्बन्धी समस्याविरुद्ध आन्दोलन गर्दै आएका छन्। पछिल्लो धर्नाले भने उनीहरूको आन्दोलन राजधानीको केन्द्रसम्म आइपुगेको देखाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हतियारबाट डिजिटल अपराधसम्म : बदलिँदो अपराधसँगै प्रहरी अनुसन्धानमा पनि नयाँ चुनौती

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सर्वसाधारणका लागि चाँडै खुल्ने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

हतियारबाट डिजिटल अपराधसम्म : बदलिँदो अपराधसँगै प्रहरी अनुसन्धानमा पनि नयाँ चुनौती

५० वर्षपछिको पर्यटन सोच : नेपाललाई विश्वकै गन्तव्य बनाउने कानुन खोज्दै सरकार

केयूमा पढे, यहीँ प्राध्यापक बने, अब उपकुलपति : प्राडा विवेक बरालको असाधारण यात्रा

China’s Commercial Space Industry Gains Momentum with Expanding Maritime Operations

China to Release Commemorative Coins Honoring Former Leader Jiang Zemin

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सर्वसाधारणका लागि चाँडै खुल्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu