ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शनिवार पानी पार्ने प्रणाली भित्रिँदै, तराईमा हुस्सु र कुहिरोको प्रभाव कम हुने


एबीसी न्यूज
२५ पुस २०८१, बिहिबार   ८ : १८   बजे

काठमाडौं २५ पुस । पर्सि शनिवार फेरि पानी पार्ने प्रणाली भित्रिँदैछ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले गण्डकीको पहाडी क्षेत्र, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

आज र भोलि पहाडी तथा हिमाली भेगको मौसम सफा रहने र पर्सि बेलुकीदेखि मौसम बदली हुने उहाँको भनाइ छ ।

तराईका धेरै ठाउँमा आज पनि हिजोजस्तै बाक्लो हुस्सु र कुहिरो लागेको छ । पूर्वी तराईमा दिउँसोपख हुस्सु हटे पनि मध्य र पश्चिम तराईमा भने दिनभरजसो नै हुस्सु लाग्ने गरेको छ । यसको प्रभाव भोलि र पर्सि बिहानसम्मै रहने मौसमविद्ले बताएका छन् । त्यसपछि पश्चिमी न्यूनचापीय प्रणालीका कारण हुस्सु र कुहिरोको प्रभाव विस्तारै कम हुँदै जाने मौसमविद् झाले जानकारी दिनुभयो ।

गएको सोमवार र मङ्गलवार पनि पश्चिमी वायुको प्रभावले केही ठाउँमा हल्का वर्षा र हिमपात भएको थियो । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कम भएर आकाश खुलेसँगै चिसो बढेको छ । यस्तै तराईमा बाक्लो हुस्सु र कुहिरोसँगै शीतलहर शुरू भएको छ । तर मौसमविद्ले शीतलहरको घोषणा गरिसकेका छैनन् ।

मौसमविद् झाका अनुसार अधिकतम र न्यूनतम तापक्रमबीच पाँच डिग्री सेल्सियस फरक, पारदर्शिता एक किलोमिटरभन्दा कम र पानी तपतप चुहिने अवस्थालगातार तीन दिनसम्म भयो भने शीतलहर चलेको घोषणा गरिन्छ । तर अहिले शीतलहर घोषणा गर्नेगरी मापदण्ड पूरा भैनसकेको उहाँले बताउनुभयो । मौसमविद्ले घोषणा नगरे पनि तराईका धेरै ठाउँमा शीतलहरको प्रभाव शुरू भइसकेको छ ।

नारायणगढ–बुटवल सडकखण्डमा हुस्सु र कुहिरोले दृश्य नदेखिने र शीतलहरले बाटो चिप्लिने समस्या भएकाले गाडी सञ्चालनमा कठिनाइ भएको नवलपरासी प्रहरीले जनाएको छ । हिजो बिहानदेखि बन्द रहेको बुटवल–नारायणगढ सडकखण्ड दिउँसोपछि एकतर्फी खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group