ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय समितिमा प्रेम सुवाल र राजकिशोर यादवबीच चर्काचर्की


एबीसी न्यूज
२५ पुस २०८१, बिहिबार   ५ : ३३   बजे

काठमाडौं २५ पुस । संसदीय समितिमा जनता समाजवादी पार्टी जसपा नेपालका सांसद राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टी नेमकिपा का सांसद प्रेम सुवालबीच चर्काचर्की परेको छ ।

यादव प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति हुन् भने सुवाल सोही समितिका सदस्य हुन् ।

बिहीबार समितिमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल थियो ।

छलफलमा कार्यसूची बाहिरको विषय राखेको र लामो समय लिएको भनेर सुवाललाई सभापति यादवले रोक्न खोजे । त्यसपछि यादव र सुवालबीच चर्काचर्की परेको हो ।

 

सुवालले ‘औंला ठड्याएर’ सत्ताधारी दलका सांसदले जति पनि समय बोल्ने आफूलाई बोल्न समय नदिने विषयमा असहमति रहेको बताए । त्यसपछि सभापति यादवले आफूबाट कसैलाई विभेद नरहेको भन्दै औंला नठड्याउन आग्रह गरे ।

त्यसबेला यादवले समितिको बैठक सकिएको घोषणा गरिसकेका थिए । बैठक सकिएको घोषणा गरिसकेपछि पनि उनीहरूबीच केही मिनेट विवाद कायम रह्यो ।

चर्काचर्कीकैबीच समितिका सदस्यहरू, सभापति यादव र सुवाल पनि निस्किए ।

यस्तो छ चर्काचर्कीको पछिल्लो सवालजवाफ

सभापति यादव स् औंला तल राख्नुस् । नौटङ्की गर्ने रु

सदस्य सुवाल स् तपाईंले ‘

यादव स् यहाँ दोस्रो दल, तेस्रो दल ‘

सुवाल स् तपाईं निरंकुश नहुनुस्, राणा शासनमा नजाऊ ‘

यादव स् तपाईं चाहिं हिरो नबन्नुस् ।

सुवाल स् मैले असहमति छ भनेपछि तपाईंले के हो भन्नुपर्छ ।

यादव स् तपाईं रोकिनुस् ।

सुवाल स् तपाईंलाई राजा जसरी हुत्याइन्छ, यो समितिबाट हुतिन्छ, होस् गर्नुस् ।

तपाईं बढ्ता नहुनुस्, तपाईं पनि एक्लै हो, म पनि एक्लै हो ९समितिमा० । के फूर्ति गर्नुहुन्छ रु बढ्ता नहुनुस् ।

यादव स् दलीय हिसाबमा छलफल भएको छैन ।

सुवाल स् मैले भनेको छु– आपत्ति छ । तपाईंले त्यो आपत्ति के हो भनेर सोध्नु पर्दैैन सभापति रु तपाईं निरंकुश बन्ने ?

यादव स् बन्ने ।

सुवाल स् ठिक छ ।

यादव स् ल ।

सुवाल स् ठिक छ ।

यादव स् आफ्नो असहमति राख्नुस् ।

सुवाल स् कुन दिन हुत्तिन्छ होस् गर्नुस् । तपाईं सत्ता पार्टीको पुच्छर भएर नहिंड्नुस् । समितिको नेता बन्नुस् ।

यादव स् यहाँ माओवादी सत्तापक्ष हो रु

सुवाल स् हिजो ९विगतमा० प्रधानमन्त्री भएका सबै सत्ता पार्टी हुन् । हिजो मन्त्री भएका सबै सत्ता पार्टी हुन् ।

यादव स् ‘कमान्ड गर्नुस् तपाईं ।

सुवाल स् दाँत किराले खान्छ, जिब्रो खाँदैन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group