काँकडभिट्टा, २९ फागुन। कारागार जीवन बिताइरहेका अभिभावकका सन्तानलाई रेखदेख गर्ने उद्देश्यले भद्रपुर नगरपालिका–९ डाँगीबारीमा ‘बन्दी डे कियर’ भवन निर्माण भएको छ ।
बन्दी सहायता केन्द्र नेपालले रु १५ लाखभन्दा बढीको लागतमा उक्त भवन निर्माण गरिएको हो ।
जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोम पोर्तेले आज सो भवनको उद्घाटन गर्दै कारागार जीवन बिताइरहेका अभिभावकका सन्तानलाई रेखदेख र नैतिक शिक्षा प्रदान गर्ने उद्देश्यले भवन निर्माण गर्नु प्रंशसनीय कार्य भएको बताउनुभयो ।
झापा कारागारमा कैदी जीवन बिताइरहेका अभिभावका छोराछोरी र अनाथ असहाय अशक्त अवस्थामा रहेका पाँच वर्ष मुनिका १० भन्दाबढी बालबालिलाई सो भवनमा राखेर नैतिक शिक्षा प्रदान गर्ने बन्दी सहायता केन्द्र नेपालकी केन्द्रीय अध्यक्ष इन्दिरा रानाले बताउनुभयो ।
यसअघि नै झापामा सो संस्थाले जुनकिरी असहाय केन्द्र खोलेर झापाको बुट्टाबारी र खुदुनाबारीमा सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्