ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति भण्डारीको राजनीतिक यात्रा


admin
२९ फाल्गुन २०७४, मंगलबार   ७ : ४५   बजे

काठमाडौँ, २९ फागुन। संघीय गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपतिका रुपमा दोस्रो कार्यकालका लागि पनि निर्वाचित भई वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः शीतल निवासको प्रवेशको ढोका खुलेको छ ।

लोकतान्त्रिक र वाम आन्दोलनका क्रममा सशक्त भूमिका निर्वाह गर्दै मुलुकको राष्ट्रप्रमुख पदमा पुगी एक कार्यकाल सफलतापूर्वक पूरा गर्नुभएका भण्डारीलाई आज सम्पन्न राष्ट्रपति निर्वाचनले भारी मतका साथ निर्वाचित गरेको हो ।

अघिल्लो पटक र यसपटक पनि नेकपा (एमाले) को समर्थनमा उम्मेदवार बन्नुभएका राष्ट्रपति भण्डारीलाई यसपटक वाम गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) का साथै संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले पनि मत दिएका छन् ।

एमालेका तत्कालीन उपाध्यक्ष र संविधानसभाका सदस्य रही संविधानसभाबाट संविधान लेखनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण उहाँलाई अघिल्लो कार्याकालका लागि सो पार्टीले राष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।

नेपालको संविधान जारी भएपछिको राष्ट्रपति निर्वाचनमा उहाँ व्यवस्थापिका संसद्बाट २०७२ कात्तिक ११ मा सो पदमा निर्वाचित हुनभएको थियो । गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नेपाली काँग्रेसका तर्फबाट डा रामवरण यादव हुनुभएको थियो ।

पहिलो महिला राष्ट्रपतिका रुपमा दक्षिण एसियामै चर्चामा रहनुभएका भण्डारीले अघिल्लो कार्याकालमा संविधानले निर्दिष्ट गरेको भूमिका सक्षम र निर्विवादरुपमा कार्य सम्पादन गर्नुभएको पाइएको छ । राजनीतिक खिचातानीका कारण कतिपय सन्दर्भमा राष्ट्रपतिको भूमिकाबारे प्रश्न उठे पनि उहाँको भूमिकाबाट कुनै संवैधानिक तथा कानूनी संकट आएको देखिएको छैन । उहाँले अघिल्लो कार्याकालमा संवैधानिक विवाद र राजनीतिक अन्योल बढेका बेला संविधानको कार्यान्वयनमा सहयोग पुग्ने गरी सहमति र निकासको बाटो लिनुभएको थियो ।

यसअघिकोे कार्यकालमा उहाँले छिमेकी मुलुक भारत, चीन र संयुक्त राज्य इमिरेटको औपचारिक भ्रमण गर्नुभएको थियो । विगतमा राजनीतिक यात्राका क्रममा उहाँले भारत, चीन, पाकिस्तान, बंगलादेश, श्रीलंका, ब्राजिल, अमेरिका, क्यानाडा र इटालीको भ्रमण गरिसक्नुभएको छ ।

राष्ट्रपति भण्डारीको नेपाल कम्युनिष्ट पार्टीका संस्थापक जननेता मदन भण्डारीसँग पार्टीकै आयोजनामा विसं २०३९ मा विवाह सम्पन्न भएको थियो । पछि उहाँको संरक्षकत्वमा मदन भण्डारी फाउण्डेसनसमेत स्थापना भएको थियो ।

विसं २०१८ असार ५ गते भोजपुर जिल्लाको मानेभञ्ज्याङमा बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी सुपुत्रीका रूपमा जन्मिनुभएका उहाँले बाल्यकालमा बेहेरेश्वर प्राथमिक विद्यालय, भोजपुरबाट अध्ययन शुरु गर्नुभएको छ । उहाँले माध्यमिक शिक्षा विद्योदय व्यावसायिक सेकेन्डरी स्कुलबाट हासिल गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले भोजपुर क्याम्पस, भोजपुरमा आइए र महेन्द्र मोरड कलेज विराटनगरमा बिए अध्ययन गर्नुभएको छ । भोजपुर क्याम्पसमा पढ्दा विसं २०३५ मा तत्कालीन नेकपा (माले) सम्बद्ध युवा लिगमा संगठित भई विसं २०३७ मा काठमाडौँमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको पाँचौँ राष्ट्रिय सम्मेलनमा भोजपुर जिल्लाबाट प्रतिनिधि छानिनुभएको थियो ।

विसं २०३७ मा तत्कालीन नेकपा (माले) को सदस्यता प्राप्त गरी विसं २०३६ देखि विसं २०४४ सम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, पूर्वाञ्चलको सदस्य भई काम गर्नुभएका उहाँले विसं २०३९ देखि २०४० सम्म महेन्द्र मोरड क्याम्पसको स्ववियु कोषाध्यक्षमा निर्वाचित भई विद्यार्थी फाँटमा काम गर्नुभयो ।

विसं २०४६ मा कीर्तिपुरमा भएको अखिल नेपाल महिला संघको पहिलो सम्मेलनमा मोरङको तर्फबाट प्रतिनिधि हुनभएका उहाँले विसं २०५० देखि विसं २०५४ सम्म नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) को महिला विभाग प्रमुखको जिम्मेवारी सम्हाल्न पुग्नुभयो ।

विसं २०५४ मा नेपालगञ्जमा भएको एमालेको छैठौँ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य हुनुभएका भण्डारी विसं २०५४ मा अखिल नेपाल महिला संघको अध्यक्षमा निर्वाचित भएर दुई कार्यकाल नेतृत्व गर्नुभयो ।

विसं २०५९ मा जनकपुरमा भएको एमालेको सातौँ महाधिवेशनमा केन्द्रीय कमिटी सदस्य र विसं २०६४ मा बुटवलमा भएको आठौँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित हुनुभएका उहाँ विसं २०७१ मा काठमाडौँमा भएको नवौँ महाधिवेशनबाट पनि पुनःउपाध्यक्षमा हुनुभएको थियो ।

भण्डारी विसं २०५० माघमा सम्पन्न भएको उपनिर्वाचनमा काठमाडौँ–१ बाट प्रतिनिधिसभा सदस्यमा र २०५१ मा सम्पन्न मध्यावधि निर्वाचन तथा विसं २०५६ मा सम्पन्न तेस्रो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ– २ बाट निर्वाचित हुनुभएको थियो । एमाले नेता माधवकुमार नेपाल नेतृत्वको सरकारमा उहाँ विसं २०६७ देखि २०६९ सम्म रक्षा मन्त्री हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group