काठमाडौं, २९ फागुन । जसरी अमेरिका, बेलायत लगायतका पश्चिमा मुलुकमा खाएपछि डर्कानुलाई सामाजिक लज्जाका रुपमा लिईन्छ, नेपाली समाजमा पनि सार्वजनिक अथवा आफन्त कै भिडभाडमा पाद्नुलाई सामाजिक ट्याबोको रुपमा लिईन्छ । लज्जाका कारणले पाद रोक्कु स्वास्थ्यको हिसाबले खराब भएको विभिन्न तथ्यले प्रमाणित गरिसकेको छ । त्यसैले जबरजस्ती पाद रोक्नु स्वास्थ्यको कुनै पनि हिसाबले ठिक होइन । तर यसो भनिरहँदा फेरी यहाँ हामिले तपाईहरुलाई सार्वजनिक रुपमा पाद्नको लागि उक्साउन खोजेको चाहिँ पक्कै पनि होइन ।
मात्र यहि विषयलाई खोजी रहँदा हामीले विभिन्न रोचक तथ्यहरु फेला पारेका छौ, त्यसैलाई हामीले यहाँ तपाईहरु सामु प्रस्तुत गरेका छौ । पढ्नुहोस्, हाँस्नुहोस् र नजिकको मित्रसंग सेयर पनि गर्नुहोला-
१। मध्य युगमा मानिसहरु खाली भाडामा पादेर भाडालाई बन्द गरेर राख्थे । पछि त्यो पादबाट सुघ्न हुने आयु बढ्छ भन्ने अन्धबिश्वास थियो ।
२। पाद एक प्रज्वलनशील पदार्थ भएकोले पादेको बेला आगो बाले पाद बल्दछ ।
३। पाद्ने बेलामा यसको तापक्रम ९८.६ डिग्री फरेनहाइट हुन्छ ।
४। पादमा 59% नाइट्रोज़न, 21% हाइड्रोज़न, 9% कार्बनडाइअक्साइड, 7% मिथेन, 3% अक्सिजन तथा 1% अन्य तत्वहरु मिसिएको हुन्छ ।
५। हाम्रो पादलाई रहेको १५ हाइड्रोजन सल्फाईडले नै पादलाई दुर्गन्धित बनाउदछ ।
६। यदि कुनै व्यक्तिले ६ वर्ष ९ महिनासम्म लगातार पादिरहंछ भने त्यो पादको इनर्जी एउटा एटम बम जतिको हुन्छ ।
७। अर्को रोचक तथ्य के हो भने, ब्ल्यु व्हेल माछाले पादेको पादको बुलबुलको फोकाभित्र एउटा सिंगै घोडा अट्दछ ।
८। पृथ्वीमा भएको सबै प्राणी मध्ये धमिराले धेरै पाद पाद्दछ ।
९। कुकुरले आफ्नो पाद्लाई देख्न सक्छ ।
१०। चिम्पान्जी धेरै ठुलो आवाज निकालेर पाद्दछ ।
११। एउटा व्यक्तिले दिनमा औसत १४ पटक पाद्दछ भने जीवनभरमा ४०२००० पटक पाद्दछ ।
१२। तपार्इले पादेको पादको हावाले बलिरहेको मैनबत्ती सजिलैसँग निभाउन सकिन्छ । किनभने यसको स्पिड १० फिट प्रति सेकेन्ड हुन्छ ।
१३। पादलार्इ बासनादार बनाउनको लागि दबाई पनि निर्माण भएको छ । फादर क्रिसमस भन्ने औषधि खानु भयो भने तपार्इले पादेको पादमा चकलेट र गुलाबको बास्ना आउछ ।
१४। जुन पादमा नाइट्रोजन र कार्बनडाइअक्साइड बढी हुन्छ उक्त पादमा गन्ध धेरै आउदैन तर त्यस्ता पादहरुको आवाज ठुलो हुन्छ ।
१५। सिमिको तरकारी खाएको दिनमा पाद सबैभन्दा धेरै पटक आउछ ।
१६। सन् २००९ मा अमेरिकाको फ्लोरिडामा १२ वर्षीय बिध्यार्थिलाई धेरै पादेको कारण गिरफ्तार गरिएको थियो ।
१७। अन्तरिक्षमा जाने अन्तरिक्षयात्रीहरुले पाद्न सक्दैनन्, किनभने अन्तरिक्षमा अन्तारिक्षयात्रिहरुको पेटमा पानि र ग्यासलाई अलग अलग गर्नको लागि गुरुत्वाकर्षण हुदैन ।
१८। पाद्नु स्वास्थ्यको लागि राम्रो हो । यसले ब्लडप्रेसरलाई कन्ट्रोल गर्छ ।
१९। पाद रोक्नु स्वास्थ्यको लागि हानिकारक साबित हुनसक्छ । पादमा रहेको ग्यास मस्तिस्कमा गइ टाउको दुख्ने समस्या उत्पन्न हुनसक्छ ।
२०। नुहाएको बेला पादेको पाद बढी दुर्गन्धित हुन्छ ।
२१। तपाइको पादै पादले भरिएको च्याम्बरमा तपाइलाई थुनेर राखियो भने पनि उक्त पादको कारण तपाइको मृत्यु भने हुदैन ।
२२। हवाईयात्रामा मानिसहरु धेरै पाद्दछ्न, पाद्को दुर्गन्ध कम गर्नको लागी चारकोल फिल्टरको प्रयोग गरिएको हुन्छ ।
२३। कहिलेकाही पाद आएको हाम्रो मलद्वारको नशाले पाद र दिसाबीच अन्तर छुट्याउन नसके पादेको बेला थोरै दिसा पनि पादसंगै आउदछ ।
२४। मानिस मरेको ३ घण्टापछी पनि पाद भने आइरहेको हुन्छ ।
२५। पृथ्वीमा रहेको सबै मानिसहरुले एक सालमा करिब 17,000,000,000,000,000 पाद्दछ ।
प्रतिक्रिया दिनुहोस्