ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि : पहिलो दिन गण्डकी र सुदूरपश्चिम तथा आर्मी र कर्णाली खेल्दै


एबीसी न्यूज
१ माघ २०८१, मंगलबार   ९ : ३२   बजे

काठमाडौं १ माघ । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरू हुँदैछ । धनगढीको फाप्ला क्रिकेट मैदानमा पहिलो दिन आज दुई वटा खेल हुँदैछन् । प्रतियोगिताको उद्घाटन खेलमा अहिले केहीबेरपछि सुदूरपश्चिम र गण्डकी प्रदेशबीच खेल हुँदैछ ।

त्यस्तै दिउँसो एक बजे हुने खेलमा विभागीय टोली आर्मी र कर्णाली प्रदेशले खेल्दैछन् । प्रतियोगितामा सात वटा प्रदेश तथा दुई विभागीय टोली एपीएफ र आर्मी सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै सशस्त्र प्रहरी बलको एपीएफ क्लब रहेका छन् । समूह ‘बी’ मा कोशी, बाग्मती र मधेश प्रदेशका साथै त्रिभुवन आर्मी क्लब रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को कार्ययोजना, नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता गरिएको हो ।

प्रतियोगिता यही माघ १२ गतेसम्म चल्नेछ । प्रतियोगितामा पहिलो हुनेले पाँच लाख र दोस्रो हुने टोलीले तीन लाख रुपैयाँ पुरस्कार पाउने नेपाल क्रिकेट सङ्घका महिला विकास समितिका सदस्य तेजप्रकाश भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

🚨 ब्रेकिङ : स्पेन विश्व च्याम्पियन ! अतिरिक्त समयमा टोरेसको निर्णायक गोल, अर्जेन्टिनाको उपाधि रक्षा सपना चकनाचुर

विश्वकप फुटबलको उपाधिका लागि आज मध्यराति अर्जेन्टिना र स्पेनबीच कडा प्रतिस्पर्धा हुने

सम्बन्धित

🚨 ब्रेकिङ : स्पेन विश्व च्याम्पियन ! अतिरिक्त समयमा टोरेसको निर्णायक गोल, अर्जेन्टिनाको उपाधि रक्षा सपना चकनाचुर

विश्वकप फाइनल अतिरिक्त समयमा : स्पेनको एकतर्फी दबाब, अर्जेन्टिना १० खेलाडीमा सीमित

विश्वकप फाइनलको पहिलो हाफ गोलरहित : स्पेनको दबाब, अर्जेन्टिनाको संयम, मेस्सी अझै प्रभावहीन

फागुन २१ को चुनावमा ‘डिप फेक’ प्रविधिको अधिक प्रयोग

पर्याप्त प्रमाण नपुग्दा अदालतबाट छुट्दै हाइप्रोफाइल नेता, पक्राउ प्रक्रियामाथि प्रश्न

पहिले मान्छे विदेश गए भनेर खपिनसक्नु थियो, अहिले त्योभन्दा बढी जाँदा चुपचाप छन् : केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu