काठमाडौं २ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल र तेस्रो स्थानको नटिङ्घम फरेस्टले बराबरी खेलेका छन् ।
गएराति भएको खेलमा एकरएक गोलको बराबरी खेल्दै लिभरपुल र नटिङघम फरेस्टले अङ्क बाँडेका छन् । यो बराबरीपछि शीर्ष स्थानको लिभरपुलको २० खेलमा ४७ अङ्क भएको छ । दोस्रो स्थानमा उक्लिएको नटिङघम फरेस्टको २१ खेलमा ४१ अङ्क छ । २० खेलमा ४० अङ्क रहेको आर्सनल तेस्रो स्थानमा छ ।
त्यस्तै अर्को खेलमा म्यानचेस्टर सिटी र बे्रन्टफोर्ड तथा चेल्सी र बर्नमाउथले पनि समान दुईरदुई गोलको बराबरी खेल्द अङ्क बाँडेका छन् । वेस्टह्यामले फुलहमलाई ३–२ गोलले हराएको छ ।
प्रिमियर लिगमा आज चार खेल हुँदैछन् । नेपाली समयअनुसार राति सवा एक बजे न्यूक्यासल र उल्भ्स, एभर्टन र एस्टनभिल्ला तथा लेस्टरसिटी र क्रिस्टल प्यालेस खेल्दैछन् । त्यस्तै राति पौने दुई बजे आर्सनल र टोटनहमबीच खेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्