ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छोराको पर्खाइमा १४ सन्तान, जिवित रहेका पनि छोरी मात्र


admin
३० फाल्गुन २०७४, बुधबार   ११ : २८   बजे

रोल्पा, ३० फागुन । रोल्पा नगरपालिकाकी ६० वर्षीया सुन्तली सुनार १२ सन्तानकी आमा हुनुहुन्छ । १७ वर्षको उमेरमा पहिलो सन्तानकी आमा बनेकी सुनारले करीब दुई–तीन वर्ष प्रेम चलेपछि २१ वर्षीय युवासँग आजभन्दा ४६ वर्ष पहिले प्रेम विवाह गर्नुभएको थियो । 

सुनारका अनुसार विवाह भएको एक वर्ष नपुग्दै उहाँको पहिलो सन्तानको जन्म भएको हो । सुन्तलीको कोखबाट २÷३ वर्षको जन्मान्तरमा नौ बहिनी छोरी र तीन भाइ छोरा जन्मिए पनि उहाँको काखमा आठ बहिनी छोरी मात्र जीवित छन् ।

एक छोरी र तीन भाइ छोरा भने जीवित रहेनन् जसका कारण सुन्तलीले रातदिन यातना सहनुप¥यो । छोरा नपाएको र पाएका छोरा मारेको भन्दै उहाँका श्रीमान्ले मदिरा सेवन गरी रातदिन कुटपिट गर्ने, पेटभरि खानलाउन नदिने तथा घर निकाला गर्ने जस्ता सजाय दिइरहनुभयो । तर पनि सुन्तली जसोतसो जीवित छोरीको मुख हेरेर दिन गुजार्न बाध्य हुनु परेको थियो । उहाँका अनुसार छोराहरु जीवित नरहेपछि छोराको बाबु बन्ने सपना पूरा गर्न सुन्तलीका श्रीमान्ले सौता हालेका थिए ।

दुर्भाग्य नै भन्नुपर्छ सुन्तलीका श्रीमान्ले दोस्रो विवाह गरेपनि उहाँका श्रीमान्को सपना पूरा हुन सकेन । दोस्रो श्रीमतीबाट पनि दुई बहिनी छोरीहरुको जन्म भयो । कान्छीबाट पनि छोरा नजन्मिएपछि सुन्तलीका श्रीमान्को छोरा जन्माउने सपना सपनामै सीमित रह्यो । कान्छी श्रीमतीले छोरा नपाएपछि सुनारले कान्छी श्रीमतीलाई छुट्टै राखेर पुनः छोरा पाएकी जेठी श्रीमतीसँग बस्दै आउनुभएको छ । जेठीबाट आठ बहिनी र कान्छीबाट दुई बहिनी गरी सुनारका १० बहिनी छोरी जीवितै छन् ।

सुनारकी छोरीका अनुसार पितृसत्तात्मक सोच र चिन्तनका कारण श्रीमान््ले जे गरे पनि हुने मान्यता कायमै रहेको हँुदा सुनारले दोस्रो बिहे गर्नुभएको थियो र आफूखुशी कान्छी श्रीमतीलाई पन्छाएर जेठी श्रीमतीसँग बस्दै आउनु भएको छ ।

“मनपर्दा बिहे गर्ने मन नपर्दा छोड्न पाइने कस्तो गजबको हाम्रो परम्परा,” उहाँले भन्नुभयो । हिजोआज यो दम्पती निकै चिन्तित छ । बाचुञ्जेल पाल्न र मर्ने बेलामा चितासम्म पु¥याउन पनि छोरा नै चाहिने मान्यता बोकेको सुनार दम्पतीलाई जीवित छोरीभन्दा मरेका छोराको यादले पिरोल्ने गर्छ । सबै छोरी विवाह गरेर घरघर गइसकेका छन् । उमेरमा सधैँ कुटपिट गरेर यातना दिएकी श्रीमती नै आज सुनारको सहयात्री बनिरहनुभएको छ ।

सुन्तलीका अनुसार छोरा नभएको भन्दै गाउँलेले हेलाको भावले हेर्न थालेपछि उहाँमा झन् निराशा थपिने गर्छ । बेलाबेला गाउँलेले सुनारको सम्पत्तिमा अपुताली पर्नेभो भनेको सुन्दा सुनार दम्पतीलाई असह्य पीडा हुने गर्छ । “यौटै छोरा बाँचेको भए सौता पनि आउने थिइन र मैले श्रीमान्बाट पनि छोरी पाएका कारण उमेरभर पीडा भोग्नु पर्ने थिएन कि,” उहाँले गुनासो गर्नुभयो ।

धेरैजसो अभिभावकमा आज पनि छोरा पाउने लालसा घटेको छैन । जिल्ला स्वास्थ्य कार्यालय, रोल्पामा सुत्केरी हुन आएका करीब ७५ प्रतिशत गर्भवती महिलाले छोरा नै जन्माउन चाहेको रासससँग बताए । थबाङ गाउँपलिकाकी २४ वर्षीया रामकुमारी बाँठाका तीन बहिनी छोरी छन् । उहाँ पुनः गर्भवती हुनुभएको छ । आइतबार जिल्ला स्वास्थ्य कार्यालय, रोल्पामा आफ्नो स्वास्थ्य परीक्षण गराउन आएकी बाँठालाई छोरा नै चाहिएको छ ।

यस्तै, चिकित्सकले यही फागुन १९ गते सुत्केरी हुने मिति दिएपनि सुत्केरी व्यथा नलागेपछि जिल्ला बाहिरको अस्पतालमा सुत्केरी हुन हिँडेकी एक ४२ वर्षीया युवतीले पनि आफ्नो नाम उल्लेख नगर्ने सर्तमा छोरा नै चाहिएको बताउनुभयो ।

उहाँका पनि घरमा २१ वर्ष, १५ वर्ष, ८ वर्ष र ४ वर्षका गरी चार बहिनी छोरी छन् । तर पनि उहाँ आफ्नो तथा समाजका लागि भन्दै छोरा जन्माउन चाहनुहुन्छ । “छोराछोरी बराबर भन्छन् तर बराबर हुनै सक्दैन, छोरा भनेको छोरा नै हो त्यसैले छोरा जन्माउन चाहन्छु, तर हेरौँ भाग्य कस्तो छ ? भाग्यमानी छु कि अभागी”, उहाँले भन्नुभयो ।

यस्तै कारणले गर्दा हाम्रो समाजमा अझै पनि छोरा र छोरीका बीचको विभेद अन्त हुन सकिराखेको छैन । समानताका कुरा नारा र भाषणमा मात्र सीमित बनेका छन् । छोरा नपाए सौता हाल्ने, श्रीमतीलाई कुटपिट गर्ने, खानलाउन नदिने तथा घर निकाला गर्ने परम्परा अझै पनि देख्न र सुन्न पाइन्छ जसका कारण हिंसामुक्त हुन महिला पनि छोरा नै जन्माउन चाहन्छन् ।

ठूलो संख्याका महिला पछिल्ला दिनमा न्याय खोज्न भन्दै सरोकारवाला निकायमा पुग्ने गरेका छन् । त्यसैले छोरा होस् वा छोरी दुवै जन्मनुमा महिला र पुरुष दुवैको समान जिम्मेवारी रहन्छ भन्ने कुरा सबैलाई बुझाउनु जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group