ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शवको पहिचानमै कठिनाई, परिवारलाई जिम्मा लगाउन अझै पाँच दिन लाग्नसक्ने


admin
३० फाल्गुन २०७४, बुधबार   ११ : ४२   बजे

काठमाडौं, ३० फागुन । युएस बंगला विमान दुर्घटनामा परेर मृत्यु भएका शवलाई तत्काल उनिहरुका परिवारलाई बुझाउन कठिनाई देखिएको छ । दैनिकरुपमा पोष्टमार्टम गर्दा पनि कम्तिमा चार देखी पाँच दिन लाग्ने त्रिवि शिक्षण अस्पताल महाराञ्जगंजले जानकारी दिएको छ ।

सोमबार रातिसम्म ४९ वटा शव आएको र मंगलवार साँझसम्म ११ वटा शवको मात्र पोष्टमार्टम भएको छ । अधिकांश शव जलेकाले पहिचान खुल्न थप कठिनाई भईरहेको अस्पतालका फोरेन्सिक ल्याबका प्रमुख डा प्रमोद श्रेष्ठ जानकारी दिए । ‘अधिकाशंको मृत्यु जलेर भएको देखिन्छ तर मुख्य समस्या भनेको शवको पहिचान नै हो ।’ उनले अगाडी भने,‘सामान्य प्रक्रियाबाट गएपनि चार देखी पाँच दिन लाग्ने देखिन्छ, तर डिएनए परिक्षणमा जानुपर्ने अवस्था भयो भने अझै लामो समय लाग्न सक्छ ।’

पोष्टमार्टम छिटो छरितो गर्न नमिल्ने भन्दै अस्पतालले प्रक्रिया पुरा गरेर गर्दा समय लाग्ने बताएको छ । ४९ वटा शवमध्ये कुन नेपाली कुन विदेशी भनेर नखुलेकाले क्रम सख्या अनुसार पोष्टमार्टम भईरहेको छ । अस्पतालका अनुसार अहिले चार वटा चिकित्सकको टोली मध्ये दुई वटाले पोष्टमार्टम गरिरहेको छ भने अन्य दुई टोलीले शवमा देखिएका पहिचान गर्ने संकेतहरु टिपोर्ट गरिरहेका छन् ।

शव पहिचानका लागि सुरुवातमा प्रहरीसग मिलेर एन्टिमोटम डाटा अर्थात शवको व्यक्तिगत पहिचान, फिंगर प्रिन्ट, दाँत, लुगा र गरगहनाको टिर्पोट लिने काम भइरहेको डा। श्रेष्ठले जानकारी दिए । शव पहिचान गर्न सजिलो होस् भनेर मृतकका परिवारसग पनि अस्पतालले एन्टिमोटम डाटा मागेको छ । सवै शवको पोष्टमार्टम सकिएपछि परिवारबाट लिएको डाटासग मिलेर शवको पहिचान खुलेमात्र परिवारलाई दिने उनले बताए ।

‘परिवारले दिएको एन्टिमोटम डाटा र हामीले संकलन गरेको डाटा नमिले फिङगर प्रिन्टसग मिलाउने र त्यसमा पनि नमिले दात वा मृतकको अन्तिम पटक गरिएको मेडिकल रिपोर्टहरुबाट पहिचान खुलाइनेछ ।’ डा। श्रेष्ठले अगाडी भने,‘केही शवको हात समेत जलेका कारण फिङगर प्रिन्ट लिन कठिनाई भएको छ, त्यसबाट पत्ता नलागे डिएनए परिक्षणका लागी पठाउने छौं ।’

अहिलेसम्म पोष्टमार्टम गरिएका ११ वटा मध्ये हेरेर चिन्न सक्ने अवस्थामा कुनै पनि शव नरहेको अस्पतालले जानकारी दिएको छ ।
काठमाडौं मेडिकल कलेज ९केएमसी० बाट ल्याइएका आठ शवबाहेक अन्य सबैको पहिचान गर्न गाह्रो रहेको बताए । ति शवमा प्रहरीले नै शवको नामको ट्याग लगाएर ल्याएको छ तर, क्रमसख्या अनुसार सबैको पोष्टमार्टम गरिसकेपछि मात्रै परिवारलाई जिम्मा लगाईने डा। श्रेष्ठले जानकारी दिए ।

पछिल्लो विवरण अनुसार दुर्घटनामा चालक दलका सदस्यहरुसहित ५१ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार मृतक मध्ये २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक रहेका छन् । विमानमा चालक दलका ४ सदस्यसहित ७१ जना सवार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group