ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा युद्धविरामले खुशीयाली


abc tv
३ माघ २०८१, बिहिबार   ३ : ३९   बजे

दोहा । इजरायल र हमासबीच गाजामा युद्धविरामको निर्णयले त्यहाँ खुशीयाली छाएको छ। इजरायली बन्धकहरूलाई रिहा गर्ने सहमति भएसँगै मानिसहरु सडकमा उत्रिएर खुशी मनाइरहेका छन्।

कतारमा इजरायल र हमासबीच युद्धविरामको सहमति भएसँगै बन्धक रिहाइको प्रक्रिया थालिने जनाइएको छ। जसका कारण इजरायली शहरहरु र गाजामा खुसीयाली छाएको छ।

कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाद्वारा जारी संयुक्त वक्तव्यमा गाजा युद्धविराम–बन्धकहरूका लागि सम्झौतामा तीन चरणमा पूर्ण रुपमा लागु हुने भनिएको छ।

गाजा स्ट्रिपमा सम्झौतामा तोकिए बमोजिम मानवीय सहायतालाई द्रुत र निरन्तर वृद्धि गर्न संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय साझेदारहरूसँग समन्वय गर्ने जनाइएको छ। यस्तो प्रयासलाई समर्थन गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्ने जनाएका छन्।

सम्झौतामा प्रारम्भिक ४५ दिनको समयसीमा राखिएको छ । युद्ध रोकिने र इजरायली सेना गाजाको बाहिरी इलाकामा जनसंख्या भएको क्षेत्रबाट फिर्ता हुने, विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीमा आफ्नो निवासमा फर्कन अनुमति दिने जनाइएको छ।

सम्झौतासँगै १५ महिनादेखि गाजामा जारी युद्ध तत्कालका लागि अन्त्य भएको छ। अमेरिकाको बाहिरँदै गरेको जो बाइडेन प्रशासन, कतार र इजिप्टको मध्यस्तथामा कतारको दोहामा भएको युद्धविराम वार्तामा दुवै पक्षले सहमति जनाएपछि युद्ध विराम भएको हो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group