ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका–इजरायल–इरान तनावबीच फेरि तेहरान पुगे पाकिस्तानी सेनाप्रमुख मुनिर


ABC NEWS
८ भदौ २०८३, सोमबार   ८ : ०५   बजे

काठमाडौं । अमेरिका, इजरायल र इरानबीच जारी तनावको कूटनीतिक समाधान खोज्ने प्रयासस्वरूप पाकिस्तानका सेनाप्रमुख आसिम मुनिर सोमबार पुनः तेहरान प्रस्थान गरेका छन्।

इरानी विदेश मन्त्रालयका अनुसार युद्ध सुरु भएको करिब छ महिनायता मुनिरको यो तेस्रो इरान भ्रमण हो। भ्रमणअघि उनले इरानी विदेशमन्त्री अब्बास अराग्चीसँग टेलिफोन संवादसमेत गरेको बताइएको छ।

मुनिरको पछिल्लो तेहरान भ्रमण पाकिस्तानको मध्यस्थतामा जुन १७ मा हस्ताक्षर भएको ६० दिने ‘इस्लामावाद समझदारी पत्र’ को समयसीमा सकिएपछि भएको हो। इरानले अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, तेलमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने र रोक्का सम्पत्ति खुला गर्नुपर्ने माग गर्दै ती विषयमा प्रगति नभएसम्म होर्मुज जलमार्ग खोल्न नसकिने अडान दोहोर्याउँदै आएको छ।

यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानविरुद्ध थप कडा आर्थिक प्रतिबन्धको तयारी भइरहेको संकेत दिएपछि तेहरानले त्यसलाई ‘आर्थिक युद्ध’ को संज्ञा दिएको छ।

पाकिस्तानको मध्यस्थता कति प्रभावकारी?

पाकिस्तानको पछिल्लो कूटनीतिक पहललाई लिएर विश्लेषकहरूका धारणा फरक–फरक छन्। सनोबर इन्स्टिच्युटका राजनीतिक विश्लेषक कमर चीमाले पाकिस्तानको यस विवादमा प्रत्यक्ष व्यक्तिगत स्वार्थ कम भएकाले अमेरिका र इरान दुवैले इस्लामावादलाई तुलनात्मक रूपमा निष्पक्ष मध्यस्थकर्ताका रूपमा लिन सक्ने बताएका छन्।

तेहरानस्थित पर्शियन गल्फ स्टडिज ग्रुपका निर्देशक जाभाद हेरान–नियाले इरान–अमेरिकाबीचको दीर्घकालीन तनावले सम्पूर्ण क्षेत्रलाई अस्थिर बनाउन सक्ने भएकाले पाकिस्तान आफ्नै सुरक्षा स्वार्थका कारण पनि सक्रिय भएको बताएका छन्।

कतिपय विश्लेषकले भने पाकिस्तानभन्दा कतारलाई अमेरिका र इरानबीचको सम्भावित वार्तामा प्रभावकारी मध्यस्थकर्ताका रूपमा हेर्ने गरेका छन्। किङ्स कलेज लन्डनका सहप्राध्यापक एन्ड्रियास क्रिगका अनुसार मुनिरको भ्रमणले कतारमार्फत अमेरिकी पक्षसँग सहमति जुटाउँदै इरानलाई होर्मुज क्षेत्रमा जारी तनाव कम गर्न राजी गराउने प्रयासको रूप लिन सक्छ।

होर्मुज खोल्ने नयाँ समझदारीको सम्भावना

पाकिस्तानी पूर्वसैन्य रणनीतिकार जाहिद महमूद तथा केही इरानी सञ्चारमाध्यमले मुनिरको भ्रमणपछि ओमानको सहयोगमा होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने विषयमा नयाँ समझदारी बन्न सक्ने सम्भावना औँल्याएका छन्।

यसअघि पाकिस्तानको मध्यस्थतामा जुन १७ मा हस्ताक्षर भएको ६० दिने ‘इस्लामावाद समझदारी पत्र’ को समयसीमा समाप्त भइसकेकाले अब मुनिरको तेहरान भ्रमणलाई अमेरिका–इरान तनाव कम गर्ने नयाँ कूटनीतिक प्रयासका रूपमा हेरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निर्देशन अटेर गरी बागमती सरकारमा सहभागी तीन सांसदलाई राप्रपाले गर्‍यो पदमुक्त

 तीन सातापछि लगानी बोर्डको जिम्मेवारी सम्हालिन् नवनियुक्त सीईओ याङ्की उक्याब

सम्बन्धित

युक्रेनलाई ईयू र बेलायतद्वारा थप सैन्य सहायताको प्रतिबद्धता

अमेरिकालाई सहयोग गर्ने देशविरुद्ध कडा कारबाहीको इरानी चेतावनी

दिल्ली र बिहारमा प्रदर्शनकारीमाथि बलप्रयोगको आरोप

गिनीमा फोहोरको पहाड खसेर ३० जनाको मृत्यु, २२ घाइते

अमेरिकाको ‘ठुलो आर्थिक आक्रमण’को धम्कीलाई इरानले सैन्य असफलताको संकेत भन्यो

अमेरिकाले इरानविरुद्ध ठुलो आर्थिक नाकाबन्दी लगाउने घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu