काठमाडौं ५ माघ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट आजदेखि मलेसियामा शुरू भएको छ । नेपालले बङ्गलादेशसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्दैछ । बङ्गलादेशले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
प्रतियोगितामा नेपालले समूह चरणको दोस्रो खेलमा पर्सि सोमवार स्कटल्यान्डसँग र तेस्रो तथा अन्तिम खेलमा माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।
आजै भएको खेलमा अष्ट्रेलियाले स्कटल्याण्डलाई ९ विकेटले हराएको छ । स्कटल्याण्डले दिएको ४९ रनको लक्ष्य ६ ओभर ४ बलमा एक विकेट गुमाएर भेटायो ।
प्रतिक्रिया दिनुहोस्