काठमाडौं ६ माघ । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि भएको आक्रमणप्रति घोर निन्दा र भत्र्सना गरेको छ ।
प्रदेश सभापति थापामाथि शनिबार गृहजिल्ला झापामा नेपाल प्रेस युनियनको कार्यक्रममा सहभागी भएर फर्किदै गर्दा सुरुङ्गानजिकै केही व्यक्तिहरूले आक्रमण गरेका गरेका थिए । उनको निधारमा चोट लागेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले थापामाथि भएको आक्रमणको निन्दा र भत्र्सना गर्दै अराजक र आपराधिक कार्यमा संलग्नहरूलाई कारबाहीको माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्