ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुप्रिम सहकारी ठगी प्रकरण, रवि र छविविरुद्ध पूरक मुद्दा दर्ताको तयारी


एबीसी न्यूज
६ माघ २०८१, आइतबार   २ : २२   बजे

काठमाडौं ६ माघ । सुप्रिम सहकारीको रकम अपचलसम्बन्धी रवि लामिछाने र छविलाल जोशीविद्धको पूरक मुद्दा जिल्ला सरकारी वकिल कार्यालयले आज आइतबार जिल्ला अदालतमा पठाउने भएको छ । यसअघि पठाइएको जीबी राईसहितका १७ जनाविरुद्धको थप अभियोजन मुद्दा पनि अदालतमा रुजु गर्ने काम भइरहेको छ ।

बिहीबार नै दर्ता गर्ने भनिएको रवि, छविसहित १४ जनाविरुद्धको पूरक अभियोजन मुद्दा समय अभावका कारण भन्दै रोकिएको थियो । तर, शुक्रबार रूपन्देही जिल्ला अदालतमा दर्ता भएको मुद्दाको सक्कल फाइल नै फेला नपरेपछि सरकारी वकिल कार्यालयले पूरक मुद्दा फाइल नै अदालतमा पठाउन सकेको थिएन । अदालतले सुरु मुद्दाको सक्कल फाइल सर्वोच्च अदालतबाट हुलाकमार्फत पठाइएकाले आउन समय लागेको जनाएको थियो ।

वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले आइतबार १ बजेभित्र नै रवि लामिछाने, छविराज जोशीसहित १४ जनालाई प्रतिवादी बनाइएको पूरक मुद्दाको फाइल जिल्ला अदालतमा पठाउने बताए । ‘दर्ता गर्ने नगर्ने अदालतको तयारीको कुरा हो, हामीले आजै १ बजेभित्र पठाउँछौं,’ उनले भने, ‘थप अभियोजनको फाइल रुजु भइरहेकाले रुजु गर्न केही समय लाग्ला, रुजु गरेर सकिएपछि दर्ता हुन्छ ।’

रास्वपा सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीविरुद्धको पूरक मुद्दा दर्तामा ढिलाइ हुँदै आइरहेको छ । अदालत स्रोतका अनुसार आइतबार मुद्दा दर्ता दर्ता गरेर रवि लामिछाने सोमबार अदालत उपस्थित हुने सूचना अदालतमा पठाएका छन् । त्यसैले मुद्दा आइतबार नै रुजु गरेर सकेर दर्ता गर्ने सम्भावना छ । स्रोतका अनुसार रविले आफ्ना तर्फबाट बहस गर्ने वकिलहरूको संयोजन गर्न अधिवक्ता यज्ञमणि न्यौपानेलाई दिएका छन् । वकिलको नामावली आइतबार साँझसम्ममा तयार हुनेछ । त्यसपछि सोमबार बिहानको जहाजबाट रवि भैरहवा आउने गरी तयारी भइरहेको रास्वपा स्रोतले बतायो ।

२०८१ वैशाख ३ गते रुपन्देही अदालतमा सुप्रिम सहकारी ठगीसम्बन्धी सुरु मुद्दा दर्ता भएको थियो । त्यतिबेला लामिछाने गृहमन्त्री थिए । प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गरेको थिएन । सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीका संस्थापक अध्यक्ष एवं हालका संरक्षक गितेन्द्रबाबु ९जीबी० राई, सुप्रिमका वर्तमान अध्यक्ष ओमप्रकाश गुरुङ, कुमार रम्तेल, सागर केसीसहित २८ जनाविरुद्ध सहकारीठगी सम्बन्धमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा रवि र छवि जोडिएका थिएनन् । गृहमन्त्री भएकै कारण उनीविरुद्ध अनुसन्धान गर्न र मुद्दामा अभियोग लगाउन प्रहरीले सकेन ।

बिहीबार सरकारी वकिल कार्यालयले अदालत पठाएको थप मुद्दमामा राईसहितका १७ जनालाई सहकारी ठगी, संगठित अपराधको कसुर र बिगो थपसहितको माग गरेको छ । बिहीबार नै पूरक जाहेरीअनुसार रवि र छविसहित १४ जनालाई थप प्रतिवादी कायम गरेर पुरक मुद्धा दर्ताको तयारी गरेकोप्रहरीले विहिवार सुरु मुद्धाका १७ जना बिरुद्ध सहकारी ठगी तथा संगठित अपराध मुद्धा दर्ता गरेको हो । थप कसुरमा संगठित अपराध र थप २ करोड ७ लाख रुपैंयाँ थप बिगो माग गरिएको छ । सुरु मुद्दामा १ अर्ब ३ करोड बिगो रहेकोमा अहिले २८ जनाविरुद्ध २ करोड ७ लाख र पूरक जाहेरीका १४ जनाविरुद्ध ७ करोड गरी १ अर्ब १२ करोड बिगो माग गरेर मुद्दा दर्ताको तयारी भइरहेको छ । सुप्रिम सहकारीका १ हजार ८ सय ७२ जनाको जाहेरी छ । सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जना बचतकर्ताको १ अर्ब ३१ करोड अपचलन भएको अनुसन्धानले देखाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पत्रकार खेम भण्डारीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा

झलनाथ खनाल र मोहनविक्रम सिंहबीच भेटवार्ता, राष्ट्रिय राजनीतिक परिस्थितिबारे छलफल

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu