ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशी लगानी भित्र्याउन अध्यादेश ल्याइएको हो-गृहमन्त्री लेखक


एबीसी न्यूज
६ माघ २०८१, आइतबार   ४ : १२   बजे

काठमाडौं ६ माघ । उगृहमन्त्री रमेश लेखकले विदेशी लगानी भित्र्याउन र देशभित्रै पनि लगानीको वातावरण बनाउन अध्यादेश ल्याइएको बताएका छन् । उनले उद्योगी व्यवसायीहरूले लामो समयदेखि माग गर्दै आएको विषय समेटेर लगानीको वातावरण बनाउन अहिलेको अध्यादेश आएको बताए ।

‘अध्यादेश नराम्रो छ भनेर कहीँ कतैबाट कुरा आएको छैन, उद्योगी व्यवसायीहरुले धन्यवाद नै दिएका छन्,’ आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लेखकले भने, ‘सदन आह्वान गर्ने बेला अध्यादेश आयो भनेर मात्रै विमति देखिएको हो, सरकार छिट्टै सदन बोलाउने तयारीमा छ, सदन चलेको पहिलो दिनमै अध्यादेश प्रस्तुत हुन्छ ।’

मन्त्री लेखकले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको समेत बताए । उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमतिअनुसार गठबन्धन अगाडि बढ्ने बताए । ‘अहिलेको गठबन्धनमा कुनै जटिलता छैन, बाहिर विभिन्न हल्ला सुनिन्छन्, त्यसमा कुनै सत्यता छैन,’ उनले भने, ‘सात बुँदे सहमति कार्यान्वयन गर्नमै हामी केन्द्रित छौं ।’ अहिलेको सरकार सुशासन, विकास र समृद्धिका लागि बनेकाले त्यहीअनुसार अगाडि बढिरहेको उनले बताए ।

मन्त्री लेखकले २०८४ सम्म अहिलेको गठबन्धन चल्ने बताए । उनले अहिलेको १८ महिना एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुने र त्यसपछिको १८ महिना कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने बताए ।

महाकाली नदीमा निर्माणाधीन पक्की पुलको निरीक्षणका क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँगै गृहजिल्ला आइपुगेका लेखकले शनिबार पुल निर्माणस्थलसँगै मझगाउँ विमानस्थलको पनि निरीक्षण गरेका थिए । पक्की पुल र गाइडबन्ड सुख्खा बन्दरगाहका लागि समेत महत्त्वपूर्ण भएकाले यसमा विशेष ध्यान दिएर बर्खाअगावै निर्माण सम्पन्न गर्नुपर्ने उनले बताए ।

गृहमन्त्री लेखकले १५ महिनादेखि प्यालिस्टिनी समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पनि सरकारले गम्भीर ढंगले पहल गरिरहेको बताए । अहिलेको युद्धविरामकै बेला विपिनको रिहाइ गराउन सरकार गम्भीर ढंगले लागेको बताए । नेपाल सरकारलाई प्राप्त जानकारीअनुसार विपिन अहिलेसम्म सकुशल रहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group