ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अखिल क्रान्तिकारीको ३२ वर्षे उमेरहदबारे माओवादीले छानबिन समिति बनायो


एबीसी न्यूज
६ माघ २०८१, आइतबार   ४ : १९   बजे

काठमाडौं ६ माघ । प्रमुख प्रतिक्षी नेकपा माओवादी केन्द्रले आफ्नो विद्यार्थी संगठन अखिल ९क्रान्तिकारी०ले निर्वाचनमार्फत ३२ बर्षे उमेहरहद तोकेकोबारे छानबिन गर्न समिति बनाएको छ।

अखिल क्रान्तिकारीको गत पुस १३ गते संगठनमा ३२ वर्षे उमेरहद लागू गर्ने कि नगर्ने भन्नेबारे निर्वाचन गरेको थियो। देशभरबाट मतदान गर्दा बहुमत प्रतिनिधि उमेरहद लागू गर्ने पक्षमा उभिएका थिए।

तर, माओवादी केन्द्रले स्थानको मतदानबारे पार्टीमा उजुरीहरु परेको भन्दै त्यसबारे छानबिन गर्न अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा ३ सदस्यीय छाबिन समिति गठन गरेको छ। समितिमा धावा लामा र सालिकराम सापकोटा सदस्य रहेका छन्।

‘पार्टीको निर्वाचन आयोगले मतदान प्रकृया सम्पन्न गरिसकेको भएता पनि उजुरीहरूको प्रकृति हेर्दा पार्टीको आन्तरिक समीक्षासंग जोडिएको देखिन्छ,’ माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको विधि र अनुशासनको दृष्टिले केही गम्भीर प्रकृतिको देखिएकोले पाटीको आन्तरिक प्रयोजनको लागि ती उजुरीहरूको अध्ययन तथा छानबिन गरि बढीमा १ महिना अवधि भित्र पार्टी केन्द्रीय कार्यालयमा सिफारिस गर्नका लागि पार्टी केन्द्रीय कार्यालयले अनुशासन आयोगका अध्यक्ष क। टंक राई संयोजक तथा आयोगका सदस्य द्वय क। धावा लामा र क। सालिकराम सापकोटा सदस्य रहने गरी ३ सदस्यीय अध्ययन तथा छानविन समिति गठन गरिएको छ।’

छानबिन समितिले अध्ययन गरेर प्रतिवेदन बुझाउन एक महिनाको समय पाएको छ।

तर, अखिल क्रान्तिकारीले ३२ वर्षे उमेरहद अनुसार नेतृत्व चयन गर्न माघ ८ गतेदेखि निर्वाचन प्रक्रिया सुरु गर्दैछ। नेतृत्व चयनका लागि १२ निर्वाचन हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group