ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य बिमा सुधारका लागि कार्ययोजना ल्याउन स्वास्थ्यमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन


एबीसी न्यूज
६ माघ २०८१, आइतबार   ४ : २१   बजे

काठमाडौं ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बिमा सुधारका लागि कार्ययोजना ल्याउन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई निर्देशन दिएका छन्।

स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि एकसाताभित्रमा कार्ययोजना पेश गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसहित कार्यदलका संयोजक शम्भु आचार्य तथा सदस्यहरू डा। रघुराज काफ्ले, डा। भगवान कोइराला र सदस्य सचिव सरोज शर्मा प्रतिवेदनबारे जानकारी दिन प्रधानमन्त्रीलाई भेट्न गएका थिए।

उनीहरूलाई एक साताभित्र कार्ययोजना लिएर आउन प्रधानमन्त्री ओलीले भनेका हुन्। प्रतिवेदन कार्यान्वयनमा आफ्नो साथ रहने पनि प्रधानमन्त्रीले बताए।

‘प्रधानमन्त्रीज्यूले सकारात्मक प्रतिक्रिया दिनुभएको छ,’ स्वास्थ्य मन्त्री पौडेलले भेटपछि भने, ‘हामी कार्ययोजनासहित पुनः प्रस्तुत गर्नेछौं।’

मन्त्री पौडेलले एक साताभित्र प्रतिवेदन सार्वजनिक गर्ने र सरकारले मुख्य सुझाव पनि कार्यान्वयनमा लैजाने प्रक्रिया अघि बढाउने बताए।

स्वास्थ्य बिमामा नागरिक पहुँच अभिवृद्धि गर्न र सेवा स्तरीय दिनका लागि सुझाव दिन विश्व स्वास्थ्य संगठनका पूर्वउच्च अधिकारी डा। आचार्यको नेतृत्वमा मन्त्री पौडेलले सुझाव कार्यदल गठन गरेका थिए।

प्रतिवेदनमा उठाइएका विषयको कार्यान्वयन ढाँचाबारे अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन गरिरहेको छ।

स्रोत पर्याप्त नभएको भन्दै विगतको भुक्तानीमा ढिलाइ भएको र स्वास्थ्य बिमा बोर्डले अस्पतालहरूको बक्यौता रकम भुक्तानी गर्न कठिन परेको छ।

स्रोत वृद्धि तथा सरकारी निकायबाट छरिएको स्वास्थ्य उपचार राहतसम्बन्धी सेवा तथा बिमा कार्यक्रम एकीकृत गर्न सकिएमा आफूले घोषणा गरेको पाँच लाख बिमा सम्भव हुने मन्त्री पौडेलले दाबी छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu