ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई महिनामै साढे ५ गुणा बढ्यो सोयाबिन तेल निर्यात


एबीसी न्यूज
७ माघ २०८१, सोमबार   ६ : ४४   बजे

काठमाडौं ७ माघ । सोयाबिन तेल निर्यात दुई महिनामै साढे ५ गुणाले बढेपछि चालु आर्थिक वर्ष २०८१र८२ पहिलो ६ महिनामा निर्यात वृद्धि उत्साहजक देखिएको छ ।

यो आव पहिलो चार महिना कात्तिक मसान्त सम्म नेपालबाट ३ अर्ब ४१ करोडको सोयाबिन तेल निर्यात भएको थियो । तर, मंसिर र पुसमा मात्रै निर्यात ५।५५ गुणाले बढेर १८ अर्ब ९१ करोड पुगेको छ।

भारतले गत सेप्टेम्बर १३ मा कच्चा तथा प्रशोधित खानेतेल आयातमा उच्च दरले भन्सार महसुल बढाएको थियो । भारतले कच्चा तेलको भन्सार २० प्रतिशतले बढाएर २७।५ प्रतिशत पुर्‍याएको थियो भने प्रशोधित तेलमा ३५।७५ प्रतिशत भन्सार लाग्ने बनाएको थियो ।

त्यसो भएपछि खासगरी दक्षिण–पूर्वी एसियाली देश मलेसिया, इन्डोनेसिया लगायतबाट पाम तथा सोयाबिन तेल आयात करिब बन्द भएको छ ।

 

नेपालमा ३० प्रतिशत मूल्य अभिवृद्धिसहित उत्पादन भएको औद्योगिक वस्तु भारत निर्यात गर्दा कुनै पनि भन्सार तिर्नुपर्दैन । यो सुविधाका कारण तेस्रो मुलुकबाट कच्चा तेल आयात गरी त्यसको प्रशोधनपछि भारत निर्यात हुन थालेको छ ।

भारतले अन्य देशलाई भन्सार दर नबढाउँदा थोरै मात्रामा खाने तेल निर्यात हुँदै आएकोमा त्यसपछि भने तीव्र बढेको हो ।

सोयाबिन मात्रै होइन, यस अवधिमा सूर्यमुखी तेल निर्यात पनि उच्च दरमा बढेको छ । कात्तिक मसान्तसम्म १ अर्ब ५० करोडको सूर्यमुखी तेल निर्यात भएकोमा पुस मसान्तमा ४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । यो तेल निर्यात यसरी बढ्नुको मुख्य कारण पनि भारतको भन्सार नीति नै हो । त्यसैगरी घिउ–तेल निर्यात २५ अर्ब १३ करोड पुगेको छ ।

भारतले आफ्ना उद्योगलाई संरक्षण गर्न ल्याएको नीतिबाट नेपाली उद्योगीले पनि लाभ पाएको साउथ एसिया वाच अन ट्रेड इकोनोमिक्स एन्ड इन्भाइरोमेन्ट ९सावती० का कार्यकारी निर्देशक डा। पारश खरेलले बताए ।

भारतले तेलको भन्सार बढाएको दुई महिनापछि नेपालबाट सामान तयार भएर भारत जान थालेको देखिएको उनले बताए ।

‘अवसर पाए भने नेपालीले त्यसको उपयोग छिट्टै नै गर्न सक्छन् भन्ने यसबाट देखिएको छ,’ उनले भने ।

नेपालबाट द्विपक्षीय व्यापार सम्झौता र साफ्टा सम्झौता अन्तर्गत सोयाबिन तेल भारत निर्यात भइरहेको उनले बताए ।

‘नेपालमा कच्चापदार्थ आयात गरेर उत्पादन गर्दा यहाँ प्रयोग हुने बिजुली, कामदारको ज्याला तथा उद्योगले राख्ने नाफासमेत जोडेर मूल्य अभिवृद्धि गणना हुन्छ, त्यसो हुँदा ३० प्रतिशत मूल्य अभिवृद्धि भएर निर्यात हुनुलाई अन्यथा मान्न सकिन्न,’ उनले भने ।

चालु आव पहिलो ६ महिना नेपालबाट कुल ९८ अर्ब ७९ करोडको निर्यात भएकोमा घिउ–तेल निर्यातले त्यसको एक चौथाइभन्दा बढी हिस्सा ओगटेको छ ।

नेपालबाट निर्यात हुने सूचीको दोस्रो नम्बरमा चिया, कफी, त्यसमा लाग्ने मसला लगायत छ, जसको निर्यात ८ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । त्यसमध्ये पुस मसान्तसम्म कुल अलैँची निर्यात ४ अर्ब ५७ करोड पुगेको छ ।

त्यसैगरी कालो चिया निर्यात २ अर्ब ९७ करोड बराबर पुगेको छ । , धागो ६ अर्ब ८५ करोड, कार्पेट ६ अर्ब २५ करोड, आइरन एन्ड स्टिल ६ अर्ब ८५ करोड, काठ तथा काठका सामान ४ अर्ब ८० करोड र तयारी पोसाक निर्यात ४ अर्ब १ करोड पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu