काठमाडौं, ८ माघ । दुई सरकारी गाडी ठोक्किएर भएको दुर्घटनमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह घाइते भएका छन् ।गएराति साढे ९ बजेतिर जनकपुरधामको रामानन्द चोकमा मन्त्री सिंह चढेको मधेश प्रदेश ०२–००१ झ ०१६५ नम्बरको गाडी र प्र ०३–००१ झ ००९६ नम्बरको गाडी ठोक्किएका हुन् ।
दुर्घटनामा घाइते मन्त्री सिंहको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । मन्त्री सिंहलाई भेट्न अस्पताल पुगेका मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले घटनाबारे छानबिन गर्न धनुषाका डीएसपीको नेतृत्वमा छानबिन समिति गठन गरेको जानकारी दिए ।
अर्को गाडी खानेपानी डिभिजन कार्यालय पर्साको रहेको र चालक घाइते रहेका धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्