ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन वाणिज्य बैंक परे राष्ट्र बैंकको कारबाहीमा


एबीसी न्यूज
८ माघ २०८१, मंगलबार   १२ : ५६   बजे

काठमाडौं ८ माघ । नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ।  प्रभु बैंक, हिमालय बैंक र एनआइसी एसिया बैंक राष्ट्र बैंकको कारबाहीमा परेका हुन्।

एनआइसी एसिया बैंकले आफ्ना सञ्चालकका परिवार तथा उनीहरू सम्बद्ध संस्थालाई निर्धारित दरभन्दा धेरै ब्याज प्रदान गरेको, मुद्दती निक्षेप खाता खोल्दा पुरानो मिति राखेर ब्याज धेरै दिएको, कर्जा वर्गीकरण तथा कर्जा नोक्सानीसम्बन्धी र पुँजीकोष तथा जोखिमभारसम्बन्धी लगायत निर्देशन पालाना नगरेको भनी राष्ट्र बैंकले उसलाई कारबाही गरेको हो।

राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा १ ९ग० अनुरूप लिखित आदेश जारी गरेको हो।

यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ र राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनविपरीत कार्य नगर्न तथा सुधार कार्ययोजना बनाउन पनि बैंकलाई निर्देशन दिएको छ।

यसैगरी राष्ट्र बैंकले प्रभु बैंकलाई क्यापिटल एडुकेसी फ्रेमर्वक २०१५ को व्यवस्थाअनुसार प्राथमिक पुँजीबाट घटाउनुपर्ने रकम नघटाएको तथा केही कर्जामा जोखिमभार प्रदान गर्दा उक्त फ्रेमवर्क बाहिर गएर जोखिम भारित सम्पत्ति देखाएको जानकारी दिँदै एकपटकलाई सचेत गराएको छ।

हिमालयन बैंकलाई भने राष्ट्र बैंकले कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानीसम्बन्धी व्यवस्थाहरुको पालना नगरेको भनी एकपटकलाई सचेत गराएको छ।

राष्ट्र बैंकले एनआईसी एसिया बैंकलाई कारबाही गरेको हो भने हिमालयन र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतलाई एकपटकका लागि सचेत गराएको हो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu