ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान संशोधन आवश्यक छ : मुख्यमन्त्री शाही


admin
३० फाल्गुन २०७४, बुधबार   ५ : ५०   बजे

काठमाडौँ, ३० फागुन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अधिकार सम्पन्न प्रदेश बनाउने गरी संविधान संशोधन हुनुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले अहिलेको संवैधानिक व्यवस्थाबमोजिम प्रदेश सरकारलाई क्षेत्रीय प्रशासन कार्यालयको भूमिकामा सीमित गरिएको बताउनुभयो ।

“स्थानीय तहलाई काम गर्न निर्देशन दिने अधिकार पनि हामीसँग छैन, किन गरेनौँ मात्र भन्न सक्छौँ, यसैले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधन हुनु आवश्यक छ”, उहाँले भन्नुभयो ।

कर्मचारीलाई घटुवा एवं अपमानित भएको अनुभव हुने संरचना निर्माण गरिएकाले प्रदेशमा नगई अवकाश रोजेको मुख्यमन्त्री शाहीले बताउनुभयो ।
कर्णाली प्रदेशमा २१५ कर्मचारी खटाइएकामा हालसम्म ११० जना मात्र हाजिर भएको जानकारी मुख्यमन्त्री शाहीले गराउनुभयो । अरु कर्मचारी कहाँ गए भन्ने थाहा नभएको उहाँको भनाइ थियो ।

संविधान बनाउने बेलादेखि नै संघीयता विरोधी शक्ति हावी भएकामा त्यही समूह अहिले कर्मचारीमार्फत संघीय शासन व्यवस्था नै असफल बनाउन लागि परेको मुख्यमन्त्री शाहीले सुनाउनुभयो ।

प्रदेश सरकारका लागि भवन पर्याप्त नभएको, प्रदेशअन्तर्गतका धेरै स्थानीय तहमा सडक सञ्जाल पुग्न नसकेको, साधनस्रोतको अभाव रहेको, उद्योग, भन्सार नभएको गुनासो गर्नुहुँदै कुर्सी किन्ने स्रोतको समेत अभाव रहेको मुख्यमन्त्री शाहीले बताउनुभयो ।

प्राकृतिक स्रोतमा भने प्रदेश धनी रहेको उल्लेख गर्नुहुँदै ५२ प्रतिशत जनता गरिबीको रेखामुनि भएको तथ्यांक उहाँले प्रस्तुत गर्नुभयो । प्रदेशलाई सम्पन्न बनाउन लगानी गर्ने वातावरण बनाउन लागिएको छ । यसका लागि निजी लगानीलाई पनि प्रोत्साहन गरिने जानकारी उहाँले गराउनुभयो ।

प्रदेशमा जलविद्युत्, जडीबुटी, धार्मिक पर्यटन प्रवद्र्धन, कृषिउपज औषधिका रुपमा लगायत प्रशस्त सम्भावना रहेको छ । लगानीको वातावरणलगायत विषयलाई समेटेर प्रदेश सरकारले २० वटा कानूनको मस्यौदा तयार पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

सुदूरपश्चिम प्रदेश: १ बजेसम्म करिब ३० प्रतिशत , बर्दियामा २ बजेसम्म ४३ प्रतिशत मत खस्यो

देउवा बिना सुदूरपश्चिम: कांग्रेसको ‘अजेय किल्ला’ ढल्ने खतरा ! देशभर कहाँ कहाँ असर पर्दैछ ?

कैलाली–१ : रेशम चौधरीको गढमा शक्ति सन्तुलन फेरिने संकेत

रास्वपा नेता बालेन दार्चुलामा : समर्थकको घेराबन्दी (तस्बिरहरू)

देउवाको गृहजिल्ला डडेलधुरामा बालेन : “सुदूर अब दुर नाई, झिकै झिकै माया तम्लाई!”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group