ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वमन्त्री बानियाँ र भारतका लागि नेपाली राजदूत डा. शर्माबीच भेटवार्ता


एबीसी न्यूज
९ माघ २०८१, बुधबार   ५ : १९   बजे

काठमाडौं ९ माघ । नेपाली कांग्रेसको बागमती प्रदेशका सभापति एवं पूर्वगृह राज्यमन्त्री ईन्द्रबहादुर बानियाँ र भारतका लागि नेपाली राजदूत डा। शंकर शर्माबीच भेटवार्ता भएको छ ।

भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासमा बुधबार बिहान भएको भेटमा भारतमा रहेका नेपालीहरूका समस्या र समाधानका विषयमा छलफल भएको बानियाँको सचिवालयले जनाएको छ ।

भेटवार्तामा भारतमा बसेर व्यवसाय गरिरहेका व्यवसायीहरूको समस्या र नेपालबाट स्वास्थ्य उपचारका लागि आउँदा ब्योहोर्नुपरेका समस्या बारेमा नेता बानियाँले चर्चा गर्दै समस्या समाधान लागि पहल गर्न राजदूत डा। शर्मालाई आग्रह गरेका थिए ।

यस्तै, पूर्वमन्त्री बानियाँले भारतमा कार्यरत नेपाली मजदुर तथा विभिन्न व्यवसाय गरी बसेका नेपालीहरूलाई स्वास्थ्य बीमाको प्रक्रियामा सामेल गराउने सम्बन्धमा पनि पहल गर्न आग्रह गरेका थिए ।

 

भेटवार्तामा राजदूत डा। शर्माले नेपाल र भारतबीच गहिरो मित्रता रहेकाले भारत सरकारबाट नेपालीहरूको स्वास्थ्य उपचारमा आवश्यक सहयोग पाइरहेको बताएका थिए । उनले समस्यामा परेका नेपालीलाई राजदूतावासले भारत सरकारसँग आवश्यक समन्वय गरेर सहजिकरण गरिरहेको जानकारी गराएका थिए ।

छलफलमा नेता बानियाँसहित कांग्रेस बागमती प्रदेश कानुन तथा संसदीय मामिला विभाग प्रमुख सानुकान्छा श्रेष्ठ, राजदुतावासका सहसचिव सुरेन्द्र थापा, श्यामराज पाण्डे, अर्जुन धरेललगायत विभिन्न अस्पतालमा उपचाररत विरामीका आफन्त तथा व्यवसायीहरूको सहभागिता थियो ।

नेता बानियाँले मंगलबार नयाँदिल्लीका विभिन्न अस्पतालमा उपचाररत नेपाली विरामी तथा आफन्तलाई भेटेर उपचारमा परेका कठिनाइबारे जानकारी लिएका थिए । सोही क्रममा उनले राजदूतसँग छलफल गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu