काठमाडौं । सशस्त्र प्रहरी बलको यस वर्ष गढीमाई बाहिनी मकवानपुरले उत्कृष्ट बाहिनी अवार्ड प्राप्त गरेको छ ।
२४औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित समारोहमा सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति डीआइजी गणेशबहादुर ठाडामगरलाई गृहमन्त्री रमेश लेखकले उत्कृष्ट बाहिनीपति अवार्ड प्रदान गरे ।
यसअघि २०७८ सालमा समेत डीआइजी ठाडा मगरले नंं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीलाई उत्कृष्ट बाहिनी बनाउन सफल भएका थिए ।
सोही अवसरमा गृहमन्त्री लेखकले अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक नवराज बिष्टलाई ‘एपीएफ लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्