ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंकको आकर्षक जागिर छाडेर सुन्तला खेती र भैंसी पालनमा रमाउँदै हुमागाईँ


abc tv
१० माघ २०८१, बिहिबार   ७ : ५५   बजे

ललितपुर । जागिरमध्येमा बैंकको जागिर आकर्षक मानिन्छ । त्यही आकर्षक जागिरमा पनि १८ वर्ष काम गरेको अनुभवलाई थाँती राखेर पनौतीका नमराज हुमागाईँले सुन्तला खेती र भैंसी पालन विस्तार गरेका छन् ।

इन्स्फ्राइस्टक्चर डेभलपमेन्ट बैंकमा २०६२ सालबाट जुनियर अफिसरको रुपमा जागिर थालेका हुमागाईँले एनसीसी बैंक हुँदै कुमारी बैंक पुगेर २०८० जेठमा जागिर छाडे । एनसीसी बैंक कुमारी बैंकमा मर्ज भएपछि छाड्ने कर्मचारीका लागि आकर्षक स्मीम दिइयो । सोही स्कीमअनुसारको रकम लिएर हुमागाइँले जागिर छाडे । १८ वर्ष लामो बैंकको अनुभव भएका हुमागाईँले अन्य बैंक तथा वित्तीय संस्थामा कामका लागि अफर नपाएको पनि होइन तर उनले जागिर नभई कृषि पेशा अपनाउने निधो गरे ।

बैंकको जागिरमा रहँदा औसत रुपमा मासिक डेढ लाख रुपियाँ आम्दानी थियो । यस्तो आकर्षक जागिर छाडेर उनले कृषि पेशालाई अपनाउनुमा आफ्नो हजुर बुबा र बुवाको प्रेरणा हो भन्छन् । उनी कृषिलाई आदर्श मान्छन् ।

घरमा बुबा रामजी हुमागाईँ र श्रीमती निर्मला हुमागाइँ (थापा) सित सल्लाह नै नगरी बैंकको जागिर छाडे । जागिर छाडेपछि घरमा उनले अब आफूले कृषि क्षेत्रमा केही राम्रो काम गर्ने योजना बनाएको सुनाए ।

पनौती नगरपालिका १० मा हजुरबुबा मिनबहादुर हुमागाईको पालादेखि नै लगाएको सुन्तला बगैंचाले राम्रो गोडमेल र रेखदेख पाउन सकेको थिएन । १८ रोपनीमा क्षेत्रफलमा रहेको साढे चार सय बोट सुन्तलाबाट २०७९ सालमा दुई लाख ४० हजार रुपैयाँमा बिक्री भएको थियो । बगैंचाका सुन्तलाका बोटहरुले राम्रो स्याहार पाउन सकेको थिएन् । घरमा बुबा रामजी एक्लैले भ्याउन पनि कतातिर मात्र भ्याउनु र ।

जागिर छाडेपछि सबैभन्दा पहिला नवराजले सुन्तलाको गोडमेल र मलजल गरे । नवराज सम्झन्छन्, ‘बिरुवा त आइसीयुमै पुगिसकेको थियो । बगैंचा सुधार गरें । मेरो त आइडिया हो, काम त धेरै बुबाले नै गर्नुभयो । गराउनु भयो ।’

बगैंचा सुधारको परिणाम देखियो पनि । २०८० सालमै सोही बगैंचाबाट ११ लाख रुपैयाँको सन्तला बिक्री भयो । यस वर्ष पनि ११ लाख रुपैयाँमा नै सुन्तला ठेक्कामा बिक्री गरिएको छ ।

सुन्तलाबाट राम्रो सम्भावना देखेका नवराजले औपचारिक रुपमा सुन्तला खेतीबारे कुनै औपचारिक तालिम लिएका थिएनन् । उनी तालिमको खोजीमा थियो । उनले बागमती प्रदेश, कृषि तालिम केन्द्र भण्डारा चितवनले आयोजना गरेको तालिममा सहभागी हुने मौका पाए । तालिमका क्रममा उनलाई कीर्तिपुरमा भेटिए । तालिमले आफ्नो योजना अघि बढाउन भरपूर मद्दत मिलेको अनुभव सुनाइरहेका थिए ।

हजुरबाले सुरुवात गरेको बगैंचालाई विस्तार गर्ने योजनामा छन् । उनको योजनालाई यो तालिमले महत्वपूर्ण साथ दिएको छ । उनले अब प्राविधिक ज्ञान समेत पाएका छन् । उनी थप खेती विस्तारका लागि हौसिएका छन् । उनले भने, ‘अब म २० रोपनी जग्गामा सुन्तला खेती विस्तार गर्छु ।’

सुन्तला खेतीका लागि सिचाईको केही अभाव छ । अहिले बगैंचाकै नजिक रहेको इनारबाट सिचाइको व्यवस्था मिलाइएको छ । थप बगैंचा विस्तार गर्दा भने सिचाईका लागि थप लगानी गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

५० दुहुना भैंसी पाल्ने योजना
सुन्तला खेतीका लागि भैंसीको मल पर्याप्त छ । अन्य खेतीका लागि पनि मलको समस्या छैन । उनको गोठमा अहिले पनि ११ दुहुना भैंसी, एउटा भाई र पाडापाडी गरेर २२ बस्तु छ ।

अहिले दैनिक ८० लिटर दुध बिक्री गर्छन् । उनले प्रतिलिटर ११० रुपैयाँ पाउँछन् । तर, उनलाई यति भैंसी पालेर धित मरेको छैन् ।

उनले ५० वटा माउ भैंसी पाल्ने लक्ष्य लिएका छन् । राम्रो दुध बिक्री हुने भएकाले पनि भैंसी पालनमा उनले योजना बताएका हुन् ।

भैंसी पालनका लागि हौसिएका नवराजले एक वर्षअघि पशु सेवा कार्यालय ललितपुरबाट तालिम लिएका थिए । भैंसी पालनबाट लिन सकिने फाइदा सोही तालिमबाट पाए । त्यस कारण पनि उनले भैंसी बढाउने योजना बनाएका हुन् । उनले गत वर्ष भारत पुगेर मुर्रा भैंसी समेत ल्याएका छन् ।

बिक्री सकेको बगैंचा सुधार गरेपछि आम्दानी बढेको अनुभव सुनाउँदै नवराजले खुशी व्यक्त गरे । उनले पनौती क्षेत्रमा आफ्नो बगैंचा एक नम्बरको बगैंचा बनेको पनि दावी गरे । यो सबै हुनुमा उनी आफ्नो बुबालाई जस दिन्छन् । भन्छन्, ‘हिम्मत र आँट आउनु बुबा नै हो ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group