ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सहमतिमा संविधान संशोधन – सञ्चारमन्त्री गुरुङ्ग


एबीसी न्यूज
११ माघ २०८१, शुक्रबार   ९ : ०९   बजे

देवदह , ११ माघ । राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुने सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङ्गले बताएका छन् । उनले संविधान संशोधनको कुरा प्रतिपक्षले अनावश्यक प्रचार गरेको दावी गरे । देवदह व्यापार संघको आयोजनामा रुपन्देहीको देवदहमा शुरु भएको ९ औं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८१ को उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन।

नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङ्गले संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशीता परिवर्तन नहुने भन्दै राजनीतिक स्थिरताको लागि संविधान संशोधन गर्न खोजेको बताए । मन्त्री गुरुङ्गले शुसासन कायम नगर्दा सम्म देशको विकास हुन नसक्ने हुदा कानुनी शासन कायम नहुदा समस्या बढेको बताए । उनले मुलुक र नागरिकको लागि शुसासन कायम गर्न १३ वटा पुराना कानुनलाई अध्यादेश मार्फत शंसोधन गर्न खोजेको समेत बताए । मन्त्री गुरुङ्गले राजनीतिक स्थिरता, संविधान रक्षाको लागि काग्रेस र एमाले मिलेर बर्तमान सरकार बनेको बताए।

उनले नागरिकले देखिने गरी सरकारले काम गर्न नसकेपनि तहसनहस भएको देशको अर्थतन्त्र सुधार गर्न बर्तमान सरकार लागिरहेको दावी गरे । सोही अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले देवदहवासीको भूमि सम्वन्धी समस्या समाधान गर्न सरकारको ध्यान जान आवश्यक रहेको बताए।

उनले देवदह क्षेत्रमा रहेका पुरातात्विक एवं ऐतिहासिक स्थलहरुको उत्खनन गरी प्रचार प्रसार गर्नु पर्नेमा जोड दिए। पुर्वमन्त्री समेत रहेका सांसद विश्वकर्माले नागरिकलाई अफठ्यारो परेका कुराहरुको सुधार गर्न सरकार तयार हुनु पर्नेमा जोड दिए । देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य निर्मलादेवी चौधरी, देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेल, व्यापार संघ लुम्विनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेल, देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, देवदह उद्योग बाणिज्य संघका अध्यक्ष हरि भण्डारी लगायतले आ–आफना भनाई राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group