ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७१ वर्षको उमेरमा सम्बन्धविच्छेद !


admin
३० फाल्गुन २०७४, बुधबार   ९ : १०   बजे

रोल्पा, ३० फागुन । रोल्पामा ७१ वर्षको उमेरमा एक जोडीले आज जिल्ला अदालत रोल्पाबाट सम्बन्धविच्छेद गरेको छ । साविकको राङ्कोट गाविस–५ रोल्पाकी ७१ वर्षीया हस्तमाली वली र उहाँका ७१ वर्षीय श्रीमान् पञ्चबहादुर वलीबीच आज जिल्ला अदालत रोल्पाबाट सम्बन्धविच्छेद भएको हो ।

जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठको इजलासले वली दम्पतीको सम्बन्धविच्छेदको फैसला सुनाएको मुद्दा फाँटका डिट्ठा भीमराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अदालत रोल्पाले मुलुकी ऐन लोग्ने स्वास्नीको महलको १ नं को देहाय २ बमोजिम सम्बन्धविच्छेदको फैसला गरेको हो । वृद्धा वलीले अंश माना चामल दाबी नगरी शुद्ध सम्बन्धविच्छेद गर्नुभएको हो ।

हस्तमालीको राङ्कोट–४ कोरल निवासी स्व। दलसर रोकासँग यसअघि मागी विवाह भएको थियो । पहिलो श्रीमान् रोकाबाट हस्तमालीका सन्तान भएनन् । दुर्भाग्यवश रोकाको निधन भयो । यसरी एक्लो जीवन बिताउँदै आउनुभएका हस्तमालीले ४८ वर्षको उमेरमा पञ्चबहादुर वलीसँग २०५१ सालमा आफूखुशी प्रेम विवाह गर्नुभएको थियो । विवाहपछि वली दम्पतीबाट एक छोरीको जन्म भएको र उहाँको पनि विवाह भइसकेको बुझिएको छ ।

जिल्ला अदालत रोल्पामा पीडितले दिएको निवेदन उजुरीअनुसार विवाहपछि दोस्रो श्रीमान् पञ्चबहादुरले आफूलाई अनावश्यक रुपमा गाली गर्ने, कुटपिट गर्ने, खान लगाउनमा अपहेलना गर्ने, कामधन्दामा मात्र लगाई श्रम शोषण गर्ने, शारीरिक एवं मानसिक रुपमा यातना दिने गरेको उल्लेख छ ।

वृद्धा वलीले पेश गरेको निवेदनअनुसार आफू वृद्धावस्थाका कारण काम गरिखान नसक्ने स्थितिमा रहँदा पनि ‘यस्ती स्वास्नी चाहिँदैन, घरबाट निस्किएर जा’ भन्दै कुटपिट गरी घरबाट निकाला गरेको हुँदा आफू २०७२ असोज १० गतेदेखि छोरीको घरमा बस्दै आएको वृद्धा वलीले आफ्नो निवेदनमा उल्लेख गर्नुभएको छ ।

घरबाट निस्किएपछि पनि श्रीमान्ले आफ्नो कुनै खोजखबर नगरेका कारण आफूले पटक पटक गाउँका भद्रभलाद्मीहरु तथा स्थानीय प्रहरी चौकीमा पुगी छलफल गराएको, अनेक प्रयास गर्दा पनि श्रीमान्ले घरमा लैजान नमानेको, बरु अदालतबाट सम्बन्धविच्छेद गर नत्र तँलाई नमारी छाड्दैन भन्दै डर धम्की देखाई करकापमा पारेको हुँदा आफू सम्बन्धविच्छेदको निर्णयमा पुगेको वृद्धाको निवेदनमा उल्लेख छ ।

जिल्ला न्यायाधीश श्रेष्ठका अनुसार पीडितले २०७३ फागुन १२ गते सम्बन्धविच्छेदका लागि जिल्ला अदालत रोल्पामा निवेदन दिनुभएको थियो । प्रतिवादीलाई आफ्नो सफाइ पेश गर्ने मौका प्रदान गरिएको भए पनि सो जानकारी पाउँदापाउँदै कुनै पनि प्रतिवाद नगरी चुप लागी बसेका कारणले गर्दा प्रतिवादीको भावना बुझ्न नपाइएको उहाँको भनाइ छ ।

जिल्ला अदालत रोल्पाका मुद्दा फाँटका नायब सुब्बा दामोदर दाहालका अनुसार यस आर्थिक वर्षमा मात्र यस अदालतमा अहिलेसम्म ९७ वटा सम्बन्धविच्छेदका मुद्दा परेका छन् । विगतका वर्षहरुमा जस्तै यस आवमा पनि जिल्ला अदालत रोल्पामा अन्य मुद्दाको तुलनामा सम्बन्धविच्छेदका मुद्दा बढी नै भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओएन्डएम सर्वेक्षणपछि संघीय सरकारका २ हजार ५७७ कर्मचारी पद कटौती

‘पाथीभरा माता’ दाबी गर्दै झारफुक गर्ने समीर थापा पुर्पक्षका लागि जेल चलान

सम्बन्धित

नापी कार्यालयका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाख बढी गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu