ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धुलिखेलमा आगलागी हुँदा पत्नीको मृत्यु, पति घाइते


एबीसी न्यूज
१२ माघ २०८१, शनिबार   ५ : २२   बजे

काठमाडौं १२ माघ । काभ्रेको धुलिखेलमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। घटनामा अर्का एकजना घाइते भएका छन्। आगलागीबाट ९० लाख रुपैयाँ भन्दा धेरैको क्षति भएको प्रहरीले जनाएको छ।

शुक्रबार राति करिब नौबजे धुलिखेल नगरपालिका( ९ काभ्रेभञ्ज्याङस्थित श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा बिद्युत सर्ट भई आगो लाग्दा ७० वर्षीया टीकादेवी दंगालको मृत्यु भएको हो।

आगलागीमा परेर उनका पति ७३ वर्षीय तोयानाथ दंगाल घाइते भएका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

फर्निचर उद्योगबाट सुरु भएको आगो नजिकै रहेको कृष्ण बिकको ढुंगामाटोले बनेको एकतले कच्ची घर, सोही ठाउँका ध्रुबबहादुर बिकको जस्ताले बेरेको र जस्ताले नै छाएको एक तले टहरोमासमेत फैलिएको जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख एसपपी बसुन्धरा खड्काले जानकारी दिइन्।

आगलागीमा परेर मृत्यु हुने महिला फर्निचरकी कामदार हुन्। उनीहरु पतिपत्नी फर्निचरमा काम गरेर सोही ठाउँमा बसोबास गर्दै आएका प्रहरीले जनाएको छ।

आगलागीको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी उपरीक्षक खड्काको कमाण्डमा ४० जना प्रहरी टोली घटनास्थलमा पुगेका थिए।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी र ५ वटा दमकलको सहायतामा गएराति पौने २ बजे आगलागी नियन्त्रणमा आएको थियो।

मृतक महिला र उनका पति काठमाडौँको शंखरापुर नगरपालिका( १ नाङलेभारेका स्थायी बासिन्दा हुन्। उनीहरु विगत केही समयदेखि फर्निचरमा काम गरेर सोही ठाउँमा बसोबास गर्दै आएका थिए।

आगलागीमा परेर घाइते भएका तोयानाथको धुलिखेल अस्पतालमा उपचार भैरेहेको प्रहरीले जनाएको छ।

मृतक महिलाको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमै राखिएको छ। आगलागिबाट फर्निचर उद्योगमा अन्दाजी ८० लाख, कृष्ण बिकको सातलाख र ध्रुब बिकको तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group