काठमाडौं १२ माघ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले विपक्षी दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले वर्तमान सरकारलाई दलाल सरकार भनेर आलोचना गर्नु दुःखद भएको बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित एकदेव आलेको ५६ औं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेससँगै चुनाव लडेका दलले सरकारको आलोचान गर्न नमिल्ने तर्क गरे।
‘आलोचना त गर्नुभयो यो सरकार दलाल सरकार हो भनेर,’ गौतमको भनाइ थियो, ‘तपाईं सरकारमा भएको भए के हुन्थ्यो रु तपाईंको पार्टी सरकारमा गएन। चुनावमा पनि त्यही कांग्रेससित मिलेर, सरकारमा पनि त्यही कांग्रेससित मिलेर। अनि कांग्रेस के हो, कम्युनिष्ट के हो भनेर बखान गर्नुहुन्छ, भत्भताउनु हुन्छ। त्यहाँ मिलेर आउनुहुन्छ। पाए अहिले पनि मिल्ने कोशिस छ।’
उनले अब समाजवाद निर्माण गर्न लाग्नुपर्नेमा जोड समेत दिए।
प्रतिक्रिया दिनुहोस्