ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको पिएनजीमाथि सानदार जित,


admin
१ चैत्र २०७४, बिहिबार   ५ : ३८   बजे

काठमाडौं, १ चैत । जिम्बावेमा भइरहेको वल्डकप क्वालिफायर अन्तर्गत सातौं स्थानका लागि भएको प्ले अफ खेलमा नेपालले पपुआनुगिनीमाथि सानदार जित निकालेको छ ।

ओडिआई स्ट्याटस हात पार्नका लागि महत्वपूर्ण मानिएको खेलमा नेपालले पिएनजीलाई ६ विकेटले हराएको हो।

टस जितेर पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको नेपालले उसलाई ११४ रनमा समेटेको थियो। पपुआनुगिनीले दिएको एक सय १५ रनको लक्ष्य नेपालले २३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो।

११५ रनको सामान्य लक्ष्य पाएको नेपालले निर्धारित ५० ओभरको खेलमा २३ ओभरमा ४ विकेट गुमाएर विजयी भयो।

नेपालका लागि अल राउन्ड प्रदर्शन गरेका दीपेन्द्र सिंह ऐरीले अर्धसतकीय पारी खेले। बलिङमा ४ विकेट लिएका उनले ५८ बलमा ५० रन पुरा गरेर नटआउट रहे।

ऐरीले चौथो विकेटका लागि आरिफ शेखसँग ६७ रनको साझेदारीसमेत गरेका थिए।

आरिफ २६ रन बनाएर आउट भए। उनले ४२ बल खेल्दै १ चौका प्रहार गरेका थिए।

यसअघि पपुवा न्युगिनीलाई सस्तैमा समेट्ने सन्दिप लामिछाने र ऐरीले ४(४ विकेट लिएका थिए। सोमपाल कामी र करन केसीले १-१ विकेट लिएका थिए।

ओडीआई स्टाटसको लागि अर्को खेल कुनुपर्ने

नेपालले सातौं स्थानका लागि नेदरल्यान्ड्स र हङकङबीच अहिले भइरहेको खेलको विजेतासँग शनिबार खेल्ने छ।

अहिले भइरहेको अर्को खेलमा नेदरल्याण्डसले हङकङलाई हरायो भने नेपालले अन्तिम खेल अघि नै ओडीआई स्टाटस (एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता)  पक्का गर्नेछ ।

तर, हङकङले जित्यो भने सातौं स्थानका लागि नेपाल र हङकङबीच खेल हुनेछ र त्यो खेल जित्ने टोलीले एकदिवसीय मान्यता पाउनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

८ दलको ‘अग्रगामी मोर्चा’ घोषणा, संघीयता र पहिचानको एजेन्डामा साझा अभियान[पूर्णपाठ]

‘सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ’ : प्रधानमन्त्री बालेनलाई रास्वपाका नेता मनीष झाको जबाफ

सम्बन्धित

सृजना सेकेन्डरी स्कुलमा अन्तर सदनात्मक बुद्धिचाल प्रतियोगिता सम्पन्न

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu