पोखरा, १ चैत। प्रदेश नं ४ का आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले सरकारले सबै किसिमका सामाजिक उत्तरदायित्व बहन गर्ने बताउनुभएको छ ।
पोखरा लेखनाथ महानगरपालिका–१७ स्थित सितापाइलामा सञ्चालित पोखरा बृद्धाश्रमको २१ औं वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले अधिकारका लागि अब सिंहदरबार जाने दिन समाप्त भएको बताउनुभयो ।
राज्यको आँखा सबै ठाउँमा पुग्न नसकेकाले नै देशको आमूल परिवर्तनका लागि आन्दोलन भएको स्मरण गर्दै मन्त्री चुवानले समाजको विकासका लागि संघीयताको कार्यान्वयन जरुरी रहेको बताउनुभयो ।
वृद्धाश्रमका प्रमुख संरक्षक वसन्तकेशव पराजुलीले जिल्ला वन कार्यालयद्वारा निर्माण गरिएका पक्की भवनबाट शुरु भएको पोखरा वृद्धाश्रममा हाल ५९ वृद्धवृद्धा र ११ जना सेवकसेविका रहनुभएको जानकारी दिनुभयो ।
वृद्धाश्रमका अध्यक्ष टीकाबहादुर भण्डारीले बृद्धाश्रममा रहेका १३ जना आमाबुबाको नागरिकता नहुँदा राज्यले प्रदान गरेको सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित भएको हुँदा प्रदेश सरकारबाट सर्वसुलभ तरिकाले नागरिकता उपलब्ध गराइदिन अग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्