ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोनाल्ड ट्रम्पको पानामा सम्बन्धी युद्धउन्मादी प्रयास


रोबिन राइट
२१ माघ २०८१, सोमबार   ८ : ५५   बजे

राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई पनामा नहर ‘प्रेमपूर्वक, तर गैरकानुनी रूपमा सञ्चालन गर्दैछ’भनेर आरोप लगाएका छन्। तर सत्य कुरा अझ जटिल छ।

पनामा नहरको सबैभन्दा चकित पार्ने दृश्य भनेको यसका धेरै विशाल ढोकाहरू हुन्—तीन फिट मोटा र सय भन्दा बढी फिट चौडा—जो सधैं फ्रेन्च ढोकाहरू जस्तै गुड्दै खुल्छन्। तिनीहरू गहिरो हरियो ऐल्गीको साथ चम्किरहेका छन्। फलामका रिभेटहरू ढोकामा रत्न जस्तै छन्। प्रत्येक तीन सेटका लक्समा जहाजलाई एटलांटिक समुन्द्रको सतहबाट ८५ फिट माथि गाटन तालमा चढाउने र पछि प्रशान्त महासागरतिर फर्काएर समुद्री सतहमा झार्न कामका लागि धेरै ढोकाहरू छन्। ११० वर्ष अगाडि जब नहर खोलियो, त्यो समयमा लक्सहरू एक इन्जिनियरिङ चमत्कार थिए, । तिनीहरू अहिले पनि त्यस्तै छन्। नहर परियोजना, जसलाई संयुक्त राज्य अमेरिकाले फ्रान्सको एक विशाल असफलतापछि अपनाएको थियो, नहरले आदिवासीहरूको गाउँहरू विस्थापित गर्यो र वर्षावनको ठूलो भागलाई नष्ट गरेर उत्तर र दक्षिण अमेरिका बीच ५१ माइलको छोटो मार्ग सिर्जना गरेको छ । जहाजहरूले सामान्यतया आठदेखि दस घण्टामा नहर पार गर्न सक्दछन्, जसले महिना दिन भन्दा लामो समय र करोडौं डलरको खर्च बचाउँछ । त्यसपहिले समग्र महादेशको चारैतिर घुम्न वाध्य पार्दथ्यो । गत महिनामा, म एक फ्रान्सेली जहाजमा थिएँ जसमा करीब १८० यात्रु थिए, त्यो जहाजले नहरबाट एकतर्फी यात्रा गर्नका लागि एक लाख डलर शुल्क तिर्ने गरेको थियो।

आफ्नो कार्यालयको पहिलो दिन नै, राष्ट्रपति डोनाल्ड ट्रम्पले पानामा र त्यसको नहरलाई दुई प्रमुख प्राथमिकताहरूको परीक्षण बनाएका थिएः संयुक्त राज्य अमेरिकामा अवैध आप्रवासन रोक्नु र चीनको बढ्दो प्रभावको सामना गर्नु। आप्रवासनको मुद्दामा, ट्रम्पले ूआक्रमणू गर्ने व्यक्तिहरूलाई ‘मास डिपोर्टेशन ‘ गर्ने आदेश जारी गरे, त्यसभित्र आश्रयको खोजी गर्नेहरू पनि समावेश थिए। उनले मेक्सिकोसँगको सीमामा अमेरिकी सैनिकहरूलाई पठाउने आदेश दिए र महँगा योजनाहरूलाई फेरि पुनःजीवित गरे।
गत वर्ष, तीन लाख भन्दा बढी आप्रवासीहरूले पानामाको दारिएन ग्यापमा जोखिमपूर्ण जंगल, दलदल र पहाडहरू पार गरेर अमेरिका छिरेका थिए । त्यो पुल अमेरिकी महादेशहरू बीचको एक मात्र भूमि पुल हो। (२०२३ मा, यो संख्या ४० प्रतिशत बढेको थियो—अर्थात आधा मिलियनभन्दा बढी व्यक्तिहरूले त्यो ग्याप पार गरेका थिए।) समस्या भनेको यस्तो आप्रवासनको लहरलाई कसरी रोक्ने भन्ने हो। पानामाले आफ्नो सैन्यलाई १९८९ को अमेरिकी आक्रमणपछि हटाएको थियो । त्यो अमेरिकी आक्रमणले जनरल मैनुअल नोरेगालाई हराएको थियो। यो मात्र पुलिसले गर्ने काम गरेको थियो । ‘उनीहरूले के गर्ने त? आफ्नो बन्दुक तान्ने र भनौ कि फर्केर हिँड्न थाल्नुहोस्?’ विल फ्रीम्यान, ल्याटिन अमेरिकाका अध्ययनकर्ता,ले मलाई भने। र यदि उनीहरूले नगरेको भए के उनीहरूले गोली हानेर थाम्ने थिए त ? पानामाको दारिएन ग्यापको कोलम्बियाली भाग गाइटानिस्टा, देशको सबैभन्दा ठूलो संगठित आपराधिक गिरोहको नियन्त्रणमा छ, जुन नशा तस्करी, मानव तस्करी र अन्य अपराधहरूमा संलग्न छ।

ट्रम्पले पानामा नहर कब्जा गर्ने विषयमा पनि थप आक्रमक बन्न थालेका छन्—यदि आवश्यक भएमा सैन्य आक्रमणमार्फत। यो एउटा अजीब उत्साहजनक विषय हो, या द्धन्द्धभन्दा पहिलेको अवस्था भन्दा विशेषगरी पानामा १९८९ देखि लोकतान्त्रिक देश र रणनीतिक साझेदार भएको छ। डिसेम्बरमा, उनले लेखे, ‘सुस्वागतम् क्रिसमस सबैलाई, विशेष गरी चीनका महान सैनिकहरूलाई, जो प्रेमपूर्वक तर गैरकानुनी रूपमा पनामा नहर सञ्चालन गर्दैछन्।’ उनका धम्कीहरू उद्घाटन भाषणको क्रममा झन चर्का भए । ट्रम्पले १९७७ मा हस्ताक्षर गरिएका दुई सम्झौताहरूलाई ‘मूर्ख उपहारू भनेका छन्। ‘चीनले पनामा नहर सञ्चालन गर्दैछ, र हामीले यो चीनलाई दिएका होइनौं ‘ उनले भने। ‘हामीले यो पानामालाई दिएका थियौं, र हामी यसलाई फिर्ता लिइरहेका छौं।’

उपरोक्त संवादहरूको भावनात्मक तनाव र व्यक्तिगत दुश्मनी पनि व्याप्त छ। पानामाका राष्ट्रपति जोस राउल मुलिनोले प्रतिकार गरेका छन् ‘अवश्यमेव, यो एक खण्डन हो,’ उनले भने, ‘यहाँ नहरमा कुनै चिनियाँ सैनिक छैन, भगवानको लागि।’

सन् २०१६ मा पानामा नयाँ लक्सको एक सेट खोलिएको थियो, जसले विशाल कन्टेनर जहाजहरूको लागि तेस्रो लेन प्रदान गरेको थियो। नहरको माध्यमबाट यातायात त्यसपछि दोब्बर बढेको छ। अहिले पानामा नहरको प्रयोग गर्ने सबैभन्दा ठूलो राष्ट्र अमेरिका हो।
३ फेब्रुअरी २०२५, द न्यूयोर्कर बाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group