ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आठौं स्थापना दिवसमा आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा


एबीसी न्यूज
२२ माघ २०८१, मंगलबार   ८ : १०   बजे

काठमाडौं २२ माघ । गण्डकी प्रदेश सरकारले आज आफ्नो आठौं स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्थान र सार्वजनिक सेवा प्रदायक निकायहरुमा बिदा दिएको हो ।

यसअघि यसअघि माघ २२ मा गण्डकी प्रदेशसभा र फागुन ४ मा प्रदेश सरकारको स्थापना दिवस गरी छुट्टाछुट्टै मनाउँदै आए पनि यसवर्षदेखि स्थापना दिवसमात्रै मनाउने निर्णय गरेको हो । २०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले त्यसै दिनलाई प्रदेश सभाले आफ्नो स्थापना दिवसका रुपमा मनाउँदै आएको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले स्थापनाकाल देखि नीतिगत, कानूनी र संस्थागत पक्षहरूलाई स्थापित गरी आफूलाई परिपक्व बनाउँदै लगेको बताएका छन् । शुभकामना सन्देश जारी गर्दै उनले गण्डकी प्रदेश सरकारले लिएको “आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी” को संकल्प पूरा गर्न सरकार कटिबद्ध रहेको पनि जिकिर गरेका छन् ।

‘संघीयताको मर्म अनुसार समावेशी, दिगो, र समान विकासलाई अघि बढाउँदै नागरिकलाई चुस्त सेवा प्रवाह, सुशासनको अनुभूती दिलाउन तपाई हाम्रो सामूहिक प्रयास जरुरी छ’, उनले भनेका छन्, ‘भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन र उद्यमशीलताको प्रवर्द्धन गर्दै दिगो विकासका लक्ष्य भेट्टाउने दिशामा सरकारले आफ्ना नीति कार्यक्रम संचालन गरिरहेको छ ।’

उनले सीमित अधिकार र स्रोत, साधनका बाबजुद पनि आम नागरिकको मागलाई आवश्यकता र प्राथमिकिकरण गरी सरकारले सम्बोधन गरिरहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेरी नदीमा खसेको जिपसहित दुई यात्रु बेपत्ता

रोल्पा पहिरो: मृत्यु हुनेको संख्या १० पुग्यो, तीन अझै बेपत्ता

सम्बन्धित

लुम्बिनीमा एमाले नेतृत्वकै सरकारलाई मसालको समर्थन

ग्यास लुकाएर राख्ने किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना

सुस्तामा नदी कटान नियन्त्रणका लागि तत्काल बजेट व्यवस्थापन गर्न मुख्यमन्त्रीको निर्देशन

कपिलवस्तुका पूर्वमेयर किरण सिंह तीन दिनदेखि बेपत्ता, जंगलमा मोटरसाइकल भेटियो

दुदुरा खोलामा डुबेर ११ वर्षीय बालकको मृत्यु, माछा मार्ने क्रममा दुर्घटना भएको प्रारम्भिक निष्कर्ष

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक अब तीव्र गतिमाः पूर्वाधार मन्त्री लम्साल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu