ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा रवि लामिछानेलाई ठगीको मात्रै अभियोग, संगठित अपराधमा १२ प्रतिवादी


एबीसी न्यूज
२२ माघ २०८१, मंगलबार   ८ : ५९   बजे

काठमाडौं २२ माघ । चितवनको सहारा सहकारीमा १२ जनालाई मात्रै ठगी र संगठितको कसुरमा सजाय माग गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित २० जनालाई भने ठगीमा मात्रै प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख शान्तिप्रसाद लुइँटेलले जानकारी दिए।

‘दोहोरो संलग्नता देखिएकाको हकमा संगठित अपराधको कसुर पनि लगाइएको छ। एक ठाउँमा मात्रै संलग्नता देखिएकाको हकमा ठगीमा मात्रै मुद्दा चलाइएको छ’, लुइँटेलले भने, ‘रवि लामिछानेको गोर्खा मिडिया नेटवर्कमा मात्रै संलग्नता देखिएको छ। त्यही भएर ठगीमा मात्रै प्रतिवादी बनाइएको हो।’

रवि लामिछाने गोर्खा मिडिया नेटवर्कको प्रवन्ध निर्देशक थिए। उनलाई सोही कम्पनीमा गएको रकमको हकमा मात्रै बिगो कायम गरिएको छ। गोर्खा मिडिया नेटवर्कबाट सहकारीको १० करोड ० लाख १ हजार १५१ रुपैयाँ ६ पैसा अपचलन गरिएको छ।

यो रकम शेयर सदस्यहरू गितेन्द्रबाबु राई, रवि लामिछाने, छविलाल जोशी र कुमार रम्तेललाई प्रतिवादी बनाइएको छ। यी मध्ये रविबाहेकका प्रतिवादीहरूको भने अन्य कम्पनीमा पनि संलग्नता देखिएको छ। उनीहरूलाई संगठित अपराधमा पनि सजाय माग गरिएको छ।

प्रतिवादीहरू जीबी भन्ने गितेन्द्रबाबु राई, सागर केसी, हेमन्त अधिकारी, आषिश आनन्द, भुपेन्द्र राई, अनन्तबाबु राई, देबेन्द्रबाबु राई, दिनेश रोका, छविलाल जोशी, कुमार रम्तेल, दिपक लामा र नेत्रपाणी बास्तोलालाई संगठित अपराध र ठगीको कसुरमा सजाय माग गरिएको छ।

तर बिरबहादुर रानाभाट, छत्रमणी भट्टराई, दिपा न्यौपाने, शिव प्रसाद आचार्य, मनोज गुरुङ, तिर्थराज लामिछाने, रवि लामिछाने, राम बहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ, कबिता तामाङ, नविन अछामी, भगवती बम्जन, असरफ अलि सिद्दिकी, विज्ञान राई, लक्ष्मी प्रसाद पौडेल, प्रगती श्रेष्ठ र महेन्द्र भोटे भन्ने शिवबहादुर गुरुङलाई ठगीमा मात्रै प्रतिवादी बनाइएको छ।

यसअघि रविलाई पोखराको सूर्यदर्शन सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी र रुपन्देहीको सुप्रिम सहकारीको मुद्दामा भने ठगी र संगठित अपराधमा पनि मुद्दा चलाइएको थियो। यी तीन सहकारीमा उनी धरौटीमा रिहा भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group