ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्प आफैँ रोप्दै छन् अमेरिकाविरोधी गठबन्धनको बीउ


एबीसी न्यूज
२३ माघ २०८१, बुधबार   ११ : २२   बजे

काठमाडौं २३ माघ । भन्सार महसुलका सवालमा पहिले गोली चलाउने अनि पछि प्रश्न सोध्ने हाम्रो रणनीति हुने छ।’ डोनाल्ड ट्रम्पका प्रमुख आर्थिक नीति निर्मातामध्येका एकले मलाई गत वर्षको अन्त्यमा भनेका थिए।

वासिङ्टनमा आजभोलि यस्तै मर्दाङ्गी घमण्ड चल्तीमा छ। तर, अमेरिकी राष्ट्रपतिको नसोची कदम चाल्ने यो रणनीति अमेरिकाकै लागि र उसले भन्सार महसुल लगाएका मुलुकहरूका लागि पनि एकदमै खतरनाक छ।

यसबाट अमेरिकालाई पर्नसक्ने आर्थिक जोखिम सर्वविदितै छ। अमेरिकाले उच्च मुद्रास्फिति र औद्योगिक व्यवधानजस्ता समस्या बेहोर्नुपर्ने हुनसक्छ।

तर, यसबाट अमेरिकालाई बेहोर्नुपर्ने रणनीतिक परिणाम के हुन्छ, अहिले नै स्पष्ट भइसकेको छैन। तथापि, त्यो पनि उत्तिकै गम्भीर र उत्तिकै दीर्घकालीन हुन सक्छ। ट्रम्पको भन्सार महसुलले पश्चिमा गठबन्धनको एकतालाई ध्वस्त पार्ने जोखिम छ। उनले मुलुकहरूबीच नयाँ समूह गठनको बिउ छरिरहेका छन्। जसले भर्खरै अमेरिकाबाट खतरा महसुस गरेका छन्। ती मुलुकबीचको सहकार्य सुरुमा अनौपचारिक हुने छ। र, महसुल जति लम्बियो, ती गठबन्धन त्यति सुदृढ हुँदै जाने छन्।

पश्चिमी एकता टुट्नु रुस र चीनका लागि सपना पूरा भएसरह हो। ट्रम्प आफैँलाई यसप्रति खास वास्ता नहुन सक्छ। किनकि उनले प्रायः भ्लादिमिर पुटिन र सी चिनफिङको प्रशंसा गर्ने गरेका छन्। तर, ट्रम्पले विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेका मार्को रुबियो र माइक वाल्ज दुवैले चीनको शक्ति नियन्त्रण गर्नु अमेरिकाको केन्द्रीय रणनीतिक चुनौती भएको बताएका छन्।

यदि त्यसो हो ट्रम्पले चीन, क्यानडा र मेक्सिकोमाथि कर लगाउनु साह्रै मूर्खतापूर्ण कदम हो ९यद्यपि, मेक्सिको र क्यानडा भन्सार महसुल कार्यान्वयन एक महिना पछि सार्न सफल भएका छन्०। यसो गरेर ट्रम्पले यी तीन देशका साथै ईयूको समेत स्वार्थ मिलानको जोखिम मोलिरहेका छन्। ईयूविरुद्ध उनले चाँडै कर लगाउने घोषणा गरेका छन्।

२०२१ मा बाइडेनले सत्ता सम्हाल्दा ईयू चीनसँग नयाँ लगानी सम्झौता गर्ने तयारीमा थियो। तर, वासिङ्टनको दबाब र बेइजिङको गल्तीपछि सो सम्झौता हुन सकेन। बाइडेनको कार्यकाल समाप्त हुँदा अमेरिका र युरोपेली आयोगले चीनसँगको व्यापारलाई ‘जोखिममुक्त’ गर्न र प्रविधि निर्यातमा प्रतिबन्ध लगाउन मिलेर काम गरिरहेका थिए।

बाइडेन प्रशासनको निष्कर्ष थियो– अमेरिका चीनसँग विश्वव्यापी प्रतिस्पर्धामा जाने हो भने वासिङ्टनले जित्ने सम्भावना त्यतिबेला ज्यादा हुनेछ, जतिबेला उसले अन्य विकसित लोकतन्त्रहरूलाई आफ्नो पक्षमा उभिन राजी गराउँछ। यसको उल्टो ट्रम्पले अमेरिकाका शत्रुविरुद्ध भन्दा सहयोगीविरुद्ध आक्रामक बन्ने निर्णय लिए। यसको सम्भावित परिणाम के हो भने अमेरिकाका ती सहयोगीहरू पुनः चीनतर्फ धकेलिने छन्।

युरोपेली नीतिनिर्माताहरूलाई थाहा छ, चिनियाँ विद्युतीय सवारी, ब्याट्री र सोलार प्यानलबिना उनीहरूको महत्त्वाकांक्षी हरित लक्ष्य भेट्टाउन सम्भव हुने छैन। त्यसमाथि अमेरिकी बजार गुमाउने खतराले उनीहरूका लागि चिनियाँ बजार अझ आवश्यक बनाइदिने छ। गतसाता मैले एक वरिष्ठ युरोपेली नीति निर्मातालाई ईयूले चीनसँग सम्बन्ध सुधारको प्रयास गर्छ होला नि भनेर सोध्दा उनले तुरुन्त जवाफ दिइन्, ‘विश्वास गर्नुस्, यसबारे कुराकानी भइसक्यो।’

कतिपय प्रभावशाली युरोपेलीहरूले प्रश्न गर्न समेत थालेका छन्– यतिबेला युरोपका लागि अमेरिका ठूलो खतरा हो कि चीनरु दुई महिनाअघि मात्र पनि यो सवाल बेतुकको ठहरिने थियो। तर, यतिबेला सी होइन, ट्रम्प चाहिँ नेटो सदस्य क्यानडाको स्वतन्त्रता समाप्त पार्ने कुरा गरिरहेका छन्। र, चिनियाँ सरकार होइन, ट्रम्प प्रशासन र इलोन मस्क चाहिँ युरोपमा चरम दक्षिणपन्थलाई बढावा दिइरहेका छन्।

चीन र ब्रसेल्सबीचको मेलमिलापमा अझै पनि चीनको आर्थिक राष्ट्रवाद र युक्रेनमा रुसको युद्धलाई समर्थन प्रमुख बाधाका रूपमा कायम छन्। तर, ट्रम्प प्रशासनले युक्रेनको भरथेग छाडिदियो भने र बेइजिङले रुसप्रति कठोर रवैया अपनायो भने युरोप चीनतर्फ ढल्किने बाटो खुल्ने छ।

चीनले ल्याटिन अमेरिकामा पनि नयाँ अवसर देख्ने छ। किनकि पानामा र मेक्सिकोप्रतिको धम्कीबाट यो क्षेत्र क्रुद्ध बनेको छ। पानामा नहरमा नियन्त्रण कायम गर्ने र मेक्सिकोको लागुऔषध गिरोह तह लगाउने ट्रम्पको दृढ संकल्प हेर्दा यी देशविरुद्ध अमेरिकाको सैन्यसहितका आक्रामक कारबाही स्पष्ट रूपमा सम्भव देखिन्छ।

तर, मेक्सिकोप्रतिको ट्रम्पको आक्रमकता प्रत्युत्पादक हुने सम्भावना ज्यादा छ। भन्सार महसुलले मेक्सिकोलाई ठूलो आर्थिक मन्दीमा पुर्‍यायो भने अमेरिकाको सीमातर्फ हिँड्ने हतास मानिसहरूको संख्या झनै बढ्ने छ। त्यस्तै लागुऔषध गिरोहको शक्ति पनि बढ्ने छ। जसको निर्यात भन्सारको अधीनमा छैन।

अमेरिकासँगको व्यापार युद्धमा आफ्नो हार निश्चित रहेकोमा क्यानडा र मेक्सिको सचेत छन्। तैपनि जवाफी कारबाही गर्न उनीहरू बाध्य हुने छन्। अमेरिकी हेपाइका सामु कुनै पनि राष्ट्रिय नेता कमजोर देखिन चाहँदैन। र, ट्रम्पविरुद्ध जवाफी कारबाही गर्नु नै सायद सही रणनीतिक कदम हो। हालै एक युरोपेली मन्त्रीले मसँग भनेका थिए, ‘ट्रम्पले तिम्रो अनुहारमा मुक्का हाने र तिमीले उनलाई जवाफमा मुक्का हानेनौ भने उनले फेरि तिमीलाई पिट्ने छन्।

बेलायत र जापानजस्ता देशमाथि अहिलेसम्म भन्सार महसुल लगाइएको छैन। तिनले तत्काललाई शान्तिको सास फेर्न सक्छन्। तर, चुप लाग्दैमा छुट पाइने सोचेका हुन् भने ती देशले आफैँलाई धोका दिइरहेका छन्। यदि सुरुमा लगाएको भन्सार महसुलले काम गर्‍यो भन्ने ट्रम्पलाई लाग्यो भने उनले नयाँ निसाना फेरि खोज्ने छन्।

कर्पोरेट अमेरिका पनि जाग्न जरुरी छ। र, अमेरिकी अर्थतन्त्रमा जुन जोखिम मोल्ने चाहना फर्केको छ, त्यसको चापलुसी गर्न बन्द गर्नुपर्छ। ट्रम्पले अघि सारेको कुरा भनेको मूलतः आर्थिक आत्मनिर्भरता र पश्चिमा गठबन्धनको विनाश हो। त्यो अमेरिकी व्यवसाय र सिंगो अमेरिकाकै लागि पनि आर्थिक र रणनीति विपत्ति हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group