ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहारा चितवनको अभियोजन गर्ने सरकारी वकिल छानबिनमा


एबीसी न्यूज
२३ माघ २०८१, बुधबार   १ : २८   बजे

काठमाडौं २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने जोडिएको चितवनको सहारा सहकारीको अभियोग दर्ता गर्ने जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलमाथि छानबिन सुरु भएको छ।

महान्यायाधिवक्ता कार्यालयले अभियोग पत्र दायर गरेको केही घण्टामै मंगलबार नै उनलाई सरुवा गर्ने निर्णय गरिसकेको छ। बुधबार छानविनका लागि समिति गठन गरिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिए।

लुइँटेललाई महान्यायाधिवक्ता कार्यालयमा तानेर उच्च सरकारी वकिल कार्यालय बुटवलका रवि न्यौपानेलाई पठाइएको छ।
समितिलाई अभियोजन पत्र अध्ययन गरेर प्रतिवेदन बुझाउन भनिएको छ।

नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको नेतृत्वमा ४ सदस्यीय समिति गठन गरिएको हो। अभियोजनमा त्रुटि भए नभएको यथासक्दो चाँडो प्रारम्भिक प्रतिवेदन बुझाउन भनिएको दाहालले नेपालखबरलाई बताए।

जिल्ला प्रहरी कार्यालय, चितवनले रविसहितका प्रतिवादीहरूलाई ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिलले रविलाई भने संगठित अपराधमा मुद्दा नचलाउने निर्णय गर्दै अभियोग पत्र दायर गरेका थिए।

सहारा चितवन सहकारी प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा ३२ जनालाई प्रतिवादी बनाइएकोमा जीबी राई, छविलाल जोशीसहित १२ जनालाई संगठित अपराधमा पनि कसुरदार बनाइएको छ। तर लामिछानेलाई भने उक्त कसुर हटाइएको थियो।

मुद्दा कमजोर बनाएको आरोपमा लुइँटेललाई सरुवा गरेर अनुसन्धान अगाडि बढाइएको हो। आफूविरुद्ध ठगीको आरोपमा अभियोग दर्ता भएपछि लामिछाने बुधबार बिहानै अदालतमा हाजिर भइसकेका छन्। चितवन जिल्ला अदालतमा उनको बयान चलिरहेको छ।

‘दोहोरो संलग्नता देखिएकाको हकमा संगठित अपराधको कसुर लगाइएको छ। एक ठाउँमा मात्रै संलग्नता देखिएकाको हकमा ठगीमा मात्रै मुद्दा चलाइएको छ,’ लुइँटेलले मंगलबार नेपालखबरसँग भनेका थिए, ‘रवि लामिछानेको गोर्खा मिडिया नेटवर्कमा मात्रै संलग्नता देखिएको छ। त्यही भएर ठगीमा मात्रै प्रतिवादी बनाइएको हो।’

रवि लामिछाने गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक थिए। उनलाई सोही कम्पनीमा गएको रकमको हकमा मात्रै बिगो कायम गरिएको छ। गोर्खा मिडिया नेटवर्कबाट सहकारीको १० करोड ० लाख १ हजार १५१ रुपैयाँ ६ पैसा अपचलन गरिएको अभियोगपत्रमा उल्लेख छ।

यो रकम सेयर सदस्यहरू गितेन्द्रबाबु राई, रवि लामिछाने, छविलाल जोशी र कुमार रम्तेललाई प्रतिवादी बनाइएको छ। यीमध्ये रविबाहेकका प्रतिवादीहरूको भने अन्य कम्पनीमा पनि संलग्नता देखिएको छ। उनीहरूलाई संगठित अपराधमा पनि सजाय माग गरिएको छ।

प्रतिवादीहरू जीबी भन्ने गितेन्द्रबाबु राई, सागर केसी, हेमन्त अधिकारी, आषिश आनन्द, भुपेन्द्र राई, अनन्तबाबु राई, देबेन्द्रबाबु राई, दिनेश रोका, छविलाल जोशी, कुमार रम्तेल, दीपक लामा र नेत्रपाणि बास्तोलालाई संगठित अपराध र ठगीको कसुरमा सजाय माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group