ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीपी कोइरालामा डायलासिसका लागि भवन निर्माण सुरु


एबीसी न्यूज
२३ माघ २०८१, बुधबार   ६ : ०८   बजे

काठमाडौं २३ माघ । तनहुँ जिल्लाको शुक्लागण्डकी–५ दुलेगौँडास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेवा प्रवाहका लागि भौतिक संरचना निर्माण सुरु गरिएको छ।

मिर्गौलासम्बन्धी समस्या भएका बिरामीलाई आगामी चैत ७ गते जीपी स्मृति दिवसका दिनदेखि सेवा दिने उद्देश्यसहित भौतिक संरचना निर्माण सुरु गरिएको हो।

केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले रु ४० लाख लागतमा डायलासिस भवन निर्माण भइरहेको जानकारी दिए।

‘डायलासिस गर्न आवश्यक पर्ने शय्या र केही उपकरण अस्पतालमा रहेकाले अन्य छ वटा उपकरण स्वास्थ्य सेवा विभागबाट माग गरिएको छ, उनले भने, ‘विपन्न नागरिक उपचार कार्यक्रम सूचिकृतका लागि प्रक्रिया अघि बढाइएको छ।’

डायलासिसका लागि प्रतिव्यक्ति रु दुई हजार पाँच लाग्ने शुल्कमा निःशुल्क गर्न नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा स्वास्थ्य सेवा विभागमा सूचीकृत गर्न पठाइएको निर्देशक डा श्रेष्ठले बताए। उनका अनुसार माग गरिएका छ वटा उपकरणमध्ये एउटा इमर्जेन्सी सेवाका लागि राखिने छ भने पाँच वटा दैनिक सेवामा प्रयोग गरिनेछ।

उनले भने, ‘यसले हप्तामा तीस जना बिरामीलाई सेवा प्रवाह गर्न सकिनेछ।’

डायलासिस सेवाका लागि संरचना निर्माणमा लायन्स क्लब र शुक्लागण्डकी नगरपालिकाले सहयोग रहेको केन्द्रले जनाएको छ। सेवा सञ्चालन गर्न तीन नर्सलाई तालिम प्रदान गरेर तयारी अवस्थामा राखिएको अस्पतालका प्रशासन शाखा प्रमुख प्रदीप पौडेलले बताए। स्वास्थ्य बिमाबाट पनि उपचार सेवाप्राप्त गर्नसक्ने भएपछि बिरामीको घुइँचो बढेको भन्दै उनले दैनिक तीन सयबढी बिरामीले सेवा लिइरहेका जानकारी दिए।

पौडेलका अनुसार यतिबेला रुघाखोकी, ज्वरोलगायत मौसमी सङ्क्रमण भएका बिरामीको घुइँचो बढी छ। केन्द्रले श्वासप्रश्वाससम्बन्धी विशेषज्ञ सेवासहित हाडजोर्नी तथा नशारोग, स्त्रीरोग, बालरोग, नाक, कान घाँटी तथा सामान्य शल्यक्रियासम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ। अस्पतालमा तनहुँसहित स्याङ्जा, पाल्पा, नवलपरासी, कास्की, लमजुङलगायत जिल्लाबाट सेवाग्राही उपचारका लागि आउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu