बुटवल, २ चैत । प्रदेश नं ५ का मुख्य न्यायाधिवक्ता ठाकुर डिसीले आज पद तथा गोपनियताको शपथ लिनुभएको छ ।
प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित कार्यक्रममा प्रदेश प्रमुखको उपस्थितिमा मुख्य न्यायाधिवक्ता डिसीलाई तुलसीपुर उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।
समारोहमा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पूर्णबहादुर घर्ती, कानुन मन्त्री कुलप्रसाद केसीलगायत प्रदेश ५ का उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्