ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कागजातविहीन नेपाली श्रमिकलाई श्रम स्वीकृति


एबीसी न्यूज
२४ माघ २०८१, बिहिबार   ७ : ४४   बजे

काठमाडौं २४ माघ । सरकारले श्रम गन्तव्य देशमा वैध र नेपाल सरकारको रेकर्डमा अवैध ९कागजातविहीन० भनिएका नेपाली श्रमिकलाई गन्तव्य देशबाट श्रम स्वीकृति दिन सुरु गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केही महिनाअघिको निर्णय अनुसार पहिलो पटक गत शुक्रबार मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट त्यस्ता श्रमिकलाई श्रम स्वीकृति दिन सुरु गरेको हो । ओमानमा सुरक्षित र वैध तरिकारले काम गरेका नेपाली श्रमिकलाई गत शुक्रबार र शनिबार सलालामा श्रम स्वीकृति प्रदान गरिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विभिन्न माध्यमबाट ओमान पुगेका तर श्रम स्वीकृति नभएका नेपालीलाई राजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले संयुक्त रूपमा श्रम स्वीकृति प्रदान गर्नुभयो ।

दूतावासका अनुसार ओमानमा विशेष गरी नेपालका घरेलु श्रमिक बढी कार्यरत छन् । नेपाल सरकारले विगत नौ वर्षदेखि प्रतिबन्ध घरेलु श्रमिकको प्रतिबन्ध लगाएको छ । त्यसबिचमा विभिन्न देश हुँदै ओमान गएका र त्यसअगाडिदेखि नै कार्यरतले पनि श्रम नवीकरण गर्न नपाएका गरी २०र२५ हजार श्रमिक भएको अनुमान दूतावासको छ ।

सो अवसरमा राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आबद्धता तथा राहदानी कन्सुलरसम्बन्धी कार्यक्रम गरेको ओमानले जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu