ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिलालाई समान अवसर र अधिकार प्रदान गर्ने नेपालको पुन: प्रतिबद्धता


एबीसी न्यूज
२४ माघ २०८१, बिहिबार   ११ : ३०   बजे

काठमाडौं २४ माघ । सरकारले महिलालाई समान अवसर, अधिकार र कानूनी संरक्षण प्रदान गर्ने पुनस् प्रतिबद्धता जनाएको छ । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि १९७९ सम्बन्धित सिड संयुक्त राष्ट्रसंघीय कमिटीमा नेपालले यस्तो प्रतिबद्धता दोहोर्‍याएको हो ।

स्वीटजरल्याण्डको जेनेभामा जारी सिड कमिटीको ९० औँ सत्रमा बुधबार नेपालका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले सातौँ प्रगति प्रतिवेदन प्रस्तुत गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन् ।

नेपालले महिला हिंसा उन्मूलन सम्बन्धी महासन्धिको पक्ष राष्ट्रको हिसावले महासन्धि कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको जनाउँदै आएको छ भने त्यसका लागि कानुनी तथा नीतिगत संरचना बलियो बनाउँदै आएको छ । मन्त्री साहले नेपाल सरकारले संवैधानिकरुपमै समान अवसर, अधिकार र कानुनी सुरक्षाको ग्यारेन्टी गर्ने प्रबन्ध गरेर अघि बढेको बताए ।

हामीले लैङ्गिक समानता प्राप्त गर्न उल्लेखनीय प्रगति गरेतापनि, विशेष गरी ग्रामीण तथा सीमान्तकृत समुदायहरूमा अझै चुनौतीहरू कायम छन्, नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा छ, ‘नेपालले यस्ता चुनौतीहरूलाई लक्षित नीतिहरू, कार्यक्रमहरू, र अन्तर्राष्ट्रिय साझेदार, नागरिक समाज, तथा महिलाका अधिकारसम्बन्धी संस्थाहरूसँग सहकार्य गरी समाधान गर्न दृढ संकल्प लिएको छ ।’
प्रतिवेदनले लैङ्गिक समानताको यात्रामा भएका प्रगति र चुनौतीहरू दुवैलाई समेटेको मन्त्री साहले बताए । प्रतिवेदनबारे उनले भने, कानुनी तथा नीतिगत संरचनामा सुधार भए पनि ती नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्नु हाम्रो प्रमुख चासो हो। त्यसकारण यो प्रतिवेदनउपर हामी सिड कमिटीका महत्त्वपूर्ण सुझावहरू समेत अपेक्षा गर्दछौँ ।

प्रतिवेदनमा छ, ‘नेपालले सिड कमिटीसँग अघिल्लो संवादबाट प्राप्त सुझावहरूलाई राष्ट्रिय नीतिहरूमा समाहित गरिसकेको छ। हाम्रो संविधानले महिलाका मौलिक हक सुनिश्चित गर्दै १६ वटा कानूनहरू पारित गरेको छ। साथै, नागरिकता तथा अन्य नागरिक कानूनहरूलाई समानताका सिद्धान्तअनुरूप परिमार्जन गरिएको छ।’

सो क्रममा राष्ट्रिय मानवअधिकार आयोगका तर्फबाट लीली थापाले प्रतिवेदन प्रस्तुत गर्दै संविधानले ग्यारेन्टी गरेको भएपनि नेपालको कानूनी फ्रेमवर्कमा अझै केही खाडलहरू रहेको र विशेष गरी प्रत्यक्ष, अप्रत्यक्ष र अवस्थित भेदभावका विभिन्न रूपहरू कायम रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group