ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफूलाई मन लागेको कुरा थपेर सरकारले विधेयक पास गर्न खोज्यो-माओवादी


एबीसी न्यूज
२५ माघ २०८१, शुक्रबार   ५ : ५१   बजे

काठमाडौं २५ माघ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसद्को प्रक्रिया मिचेको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले विधयानसम्बन्धी विधेयकमा आफूलाई मन लागेको कुरा समावेश गरेर पास गर्न खोजेको आरोप लगाएका हुन्।

समितिबाट सर्वसम्मत पास भएर आएको प्रतिवेदन संसद्‌मा प्रस्तुत गर्दा जनतालाई झुक्याउने प्रयास गरेको बताए।

निर्माण जस्तो गम्भीर विषयमा आफूलाई मन लागेका कुराहरू घुसाउने र बहुमतको धाक लगाउने कार्य गलत भएको उनको जिकिर छ। उनले सरकारले कानून मिचेर अध्यादेश ल्याएको समेत आरोप लगाए।

‘आज सदनमा सरकारले सदनलाई पनि लटरपटर गरेर कानुन बनाउनेतिर लैजान खोज्यो आज हाम्रो कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनउपर छलफल थियो,ु उनले भने, ुत्यो प्रविदेन सर्वसम्मत रुपमा पारित भएर आएको थियो। तर सरकारले के घुसाउनुपर्ने थियो त्यसमा माननीय कानुन मन्त्रीले स्पष्टताका साथ पनि राख्नु भएन। तर केही विषयवस्तु राख्ने प्रयत्न पनि गर्नुभयो। के भएको भनेर संसद् सचिवालयसँग कुरा गरियो। त्यसबाट पनि जवाफ आएन। आफूलाई मन लागेका कुराहरु कान‍ुनमा घुसाउने र हामीसँग बहुमत छ भनेर जसरी जनतालाई झुक्याउन खोजियो यो एकदम गलत भएको छ।

सरकारले अध्यादेशमा पनि कानुन मिच्न थालेको उनको आरोप छ।

हाम्रो प्रक्रियाका त छलफल आयो भने पनि छलफल त्यहाँ राख्ने र त्यसपछि सरकारले जवाफ दिने थियो। तर त्यसो गरेर कानुनमा आफूलाई मन लागेको कुरा हालेर जुन पास गर्ने प्रयत्न गरियो,ु उनले भने, ुत्यसविरुद्ध प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकको हिसावले मैले विषयवस्तु उठाए।’

आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रीलंकामा संयोजक प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu