ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस नेता मीन विश्वकर्माविरुद्ध हर्क साम्पाङले हाले अख्तियारमा उजुरी


एबीसी न्यूज
२५ माघ २०८१, शुक्रबार   ७ : ५३   बजे

काठमाडौं २५ माघ । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ९साम्पाङ० ले नेपाली कांग्रेसका नेता मीन विश्वकर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन् ।

कांग्रेसका प्रचार विभाग प्रमुख समेत रहेका विश्वकर्माविरुद्ध साम्पाङले आयोगको इटहरीस्थित कार्यालयमा उजुरी हालेका हुन् । उजुरीमा उनले विश्वकर्माले २१ करोड रुपैयाँको हिसाब किताब देखाउनुपर्ने समेत माग गरेका छन् ।

विश्वकर्माले एक टीभी अन्तर्वार्तामा एडीबीबाट ऋण र अनुदानमार्फत १ अर्ब ५० करोड रुपैयाँ ल्याएर धरानमा खानेपानी योजना सञ्चालन गरेको बताए पनि उपमहानरको लेखा शाखाले १ अर्ब २८ करोड ६ लाख ७५ हजार ६२१ रुपैयाँ मात्रै खर्च गरेको साम्पाङको उजुरीमा छ ।

बाँकी २१ करोड ९३ लाख २४ हजार ३७९ रुपैयाँ के, कसरी, कहाँ खर्च भयो त्यसको हिसाब विश्वकर्माले दिनुपर्ने साम्पाङको माग छ । हिसाब नदेखाएमा कानुन बमोजिम कारबाही गर्न भन्दै उनले अख्तियारमा उजुरी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्यमशीलता र नवप्रवर्तन प्रवद्र्धन गर्न चेम्बर र बागमती विश्वविद्यालयबीच पाँच वर्षे सम्झौता

चुनदेवी कार्यालयमा देउवालाई ‘सभापति’का रूपमा स्वागत, कार्यकक्षमा नेमप्लेट

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu