ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार र सामाजिक सञ्जाल दुवैको शैली बदल्न जरुरी छ-विश्वप्रकाश शर्मा


एबीसी न्यूज
२६ माघ २०८१, शनिबार   ६ : १५   बजे

काठमाडौं २६ माघ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालसम्बन्धी विधेयक आवश्यक संवाद र परिमार्जन गरेर मात्रै संसद्‌बाट पारित गर्ने बताएका छन्। शनिबार काठमाडौँ आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। सरकार र सामाजिक सञ्जाल प्रयोगकर्ता दुवैको शैली भने परिवर्तन गर्न जरुरी रहेको शर्माको भनाइ छ।

सरकार र सामाजिक सञ्जाल दुवैको शैली बदल्न जरुरी छ। राजनीतिले पनि आफूभित्र परिवर्तन खोज्नु भनेको छ। सामाजिक सञ्जालको प्रयोगकर्ताहरूले पनि यसको प्रयोग गरिरहँदै गर्दा राख्नुपर्ने मर्यादको सन्दर्भमा गम्भीर बहसमार्फत परिमार्जन गर्न जरुरी छ,ु उनले भने, ुसामाजिक सञ्जाल भनेको संसद् बाहिरको संसद् हो। यो संसद्ले सही ढंगले फिडब्याक दिने कर्म गर्‍यो भने, यो बाहिर रहेको संसद्‌मा सही प्रश्नमा सही ढंगले खबरदारी गर्‍यो भने भित्र रहेको संसद्ले आफूलाई अझ बढी जिम्मेवार बनाउन, देश जनताको मुद्दाप्रति अझै गम्भीर बन्न, आफूलाई परिमार्जित गर्नका लागि सजिलो हुन्छ। शासन प्रणाली बदल्यौँ तर शासनको शैली अझै बदल्न सकेका छैनौँ। यो विधेयक आउँदै गर्दा आम सरोकारवालाहरूसँग छलफल हुनुपर्दथ्यो।

उनले सरकारमै रहेको दल नेपाली कांग्रेससँग पनि छलफल नगरिएको भन्दै आपत्ति जनाए। शासन शैली प्रजातान्त्रिक नभएको भन्दै उनले यसलाई परिमार्जन गर्न आग्रह गरे।

सरकारमै रहेको मुख्य दुई दलबीचमा पनि गहन संवाद भएन। त्यसले के बताउँछ भने शासन गरिरहँदाको शैली मोर डेमोक्रेटी हुनुपर्दथ्यो, अपनत्वको अनुभुति हुनुपर्दथ्यो, उनले थपे,अहिले सामाजिक सञ्जाल सम्बन्धी जुन विधेयक आएको छ। यो विधेयक आवश्यक संवादपछि, छलफलपछि, परिमार्जनपछि मात्रै पास हुन्छ।’

महामन्त्री शर्माले प्रतिनिधि चुनिएका व्यक्तिहरूले नै लोकतन्त्रलाई हनन गरेको उदाहरण कतिपय ठाउँमा रहेको भन्दै यसमा गम्भीर बन्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group