ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजवाद निर्माणको मुख्य आधार कृषि- प्रचण्ड


एबीसी न्यूज
२६ माघ २०८१, शनिबार   ६ : ५१   बजे

काठमाडौं २६ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवाद निर्माणको मुख्य आधार कृषि भएको बताएका छन् । कृषि उत्पादनलाई मुख्य आधार बनाएर स्थानीय तहबाट समाजवादको आधार निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र० केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले कृषिमा जोड दिँदा मात्रै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासको आधार पनि बन्न सक्ने बताए ।
‘आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र विकासको मूल आधार कृषि उत्पादनमा वृद्धि र कृषिमा आधारित औद्योगिकरणको नीति अवलम्बन हो । र, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै समाजवादको आधार तयार पार्ने आधारभूत तह स्थानीय सरकार हो,’ उनले भने, ‘भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले स्थानीय सरकारको रणनैतिक महत्वलाई आत्मसात गरेर उत्पादनका निमित्त संघर्ष, वैज्ञानिक प्रयोग र सांस्कृतिक रुपान्तरणमा जोड दिने नीति लिएको छ ।’

अध्यक्ष प्रचण्डले निजीकरण र उदारीकरणका नाममा दलाल, नोकरशाही, पुँजीपति र बिचौलियाले राष्ट्रिय अर्थतन्त्रको विकासलाई तहसनहस बनाएको बताउँदै अब क्रान्तिकारीहरूले स्थानीय तहदेखि नै कृषि उत्पादनमा वृद्धि र औद्योगिकरणको मौलिक बाटो समात्नुपर्ने जिकिर गरे ।

स्थानीय उत्पादनमा जोड, उत्पादनको प्रशोधन र साना उद्योगहरूको स्थापनामार्फत रोजगारी बढाउने काममा ध्यान दिने काममा पार्टी निर्णय किसान महासंघले आम किसानको बीचमा लैजानुपर्ने उनले बताए ।
अखिल नेपाल किसान महासंघ ९क्रान्तिकारी केन्द्र० केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकका सहभागीहरु । तस्वीर स् प्रचण्डको सचिवालय ।
आफ्नो पार्टीबाट जितेका पालिकाका जनप्रतिनिधिहरूलाई राष्ट्रिय भेला गरेर स्थानीय तहमा समाजवादको अभ्याससम्बन्धी प्रशिक्षण दिने कार्यक्रम बनाइएको पनि उनले जानकारी दिए ।

आफू नेतृत्वको तत्कालीन सरकारले चालु आर्थिक वर्षको बजेट बनाउँदा कृषिलाई बेश ९आधार० र सूचना प्रविधिलाई लिड ९नेतृत्व०को रूपमा स्थापित गरेको भन्दै प्रचण्डले अहिलेको सरकारले त्यो बजेटलाई तोडमोड गरेकोमा आपत्ति जनाए ।

उनले आफ्नो नेतृत्वको सरकारले किसान पेन्सन र किसान परिचयपत्र वितरणलाई प्राथमिकतामा राखेर काम थालेको तर अहिले त्यो पनि अवरुद्ध भएको भन्दै आपत्ति जनाए । प्रचण्डले १२ फागुनदेखि हुने तराई मधेशकेन्द्रित हुलाकी र पूर्वपश्चिम राजमार्ग तथा वैशाखामा हुने मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान सफल बनाउन किसान महासंघलाई निर्देशन दिए ।
बैठकमा अध्यक्ष चित्रबहादुर श्रेष्ठले संक्षिप्त प्रतिवेदन पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group